बेलैमा आइ पुग्छ
सिरसिरे पंखी बतास
सरसरती चल्छ एसी
उदाङ्ग बसेको छ झ्याल
चहकदार लाग्छ बाथरुम
नरम छ बिस्तरा
गरम बनी दिन्छ सिरक
झकिझकाउ छ फुलबुट्टे पर्दा
इन्द्रेणी रङ्ग बराबर
बलेका हुन बत्तीहरु
निहुरिनु पर्दैन प्रवेशद्वार पनि
बसिरहेको छ उँचो भइ
दियोको चमक
गजक्कको सुप्त थकान
घट्नु अगावै
साराका सारा आइ पुग्छन्
तर
कदापि आइ पुगेन
सच्चा बखतको रात बिउँझाउने
मनोहर निन्द्रा।














