काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार बोलेरो जिप मुगुमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए । जिपका चालक पूर्णकुमार थापा आफैं सवारी धनीसमेत रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते हुनेमध्ये ललितपुरको सुनाकोठीकी कञ्चन थापा रहेकी छन् ।














