मंगलवार, ३० भाद्र, २०८३

तीज कार्यक्रममा प्राप्त रकमसहित कोटिलाका महिलाले दिए सरकारलाई राहत

चन्दननाथ नगरपालिका–८, कोटिला गाउँका महिलाहरूले तीज विशेष कार्यक्रमबाट प्राप्त रकमसमेत संकलन गरी विपद् प्रभावित नागरिकको राहतका लागि सरकारलाई आर्थिक सहयोग गरेका छन्।

कोटिला गाउँका आठ जना महिलाले व्यक्तिगत रूपमा रकम संकलन गरी कुल ४ हजार ३ सय रुपैयाँ राहत कोषमा उपलब्ध गराएका हुन्। तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्राप्त रकमलाई व्यक्तिगत योगदानसँग जोडेर विपद्मा परेका नागरिकको सहयोगका लागि उपलब्ध गराइएको उनीहरूले बताएका छन्।

राहतका लागि सहयोग गर्नेमा नानी बोहरा, लक्ष्मी शाही, ज्योति बोहोरा, सिता डाँगी, टीका रावल, सुनिता बुढा, दुर्गा लक्ष्मी धराला र सिर्जना धराला रहेका छन्।

उनीहरूले विपद्का बेला राज्य र समाज दुवैको साथ आवश्यक हुने भन्दै आफ्नो क्षमताअनुसार सहयोग गरेको बताएका छन्। सानो रकम भए पनि पीडित नागरिकको दुःखमा केही राहत पुग्ने विश्वास उनीहरूको छ।

महिलाहरूले तीजलाई मनोरञ्जन र भेटघाटमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने सन्देशसमेत दिएका छन्। तीज विशेष कार्यक्रमबाट प्राप्त रकमलाई राहतमा सहयोग गर्नुले पर्वका अवसरमा सामाजिक सेवाको अभ्यासलाई समेत अघि बढाउन सकिने उनीहरूको भनाइ छ।

उनीहरूले सरकारमार्फत आफूहरूले उपलब्ध गराएको सहयोग वास्तविक विपद् प्रभावित नागरिकसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार