बुधबार, १८ कार्तिक, २०८३

भुवन-दीर्घ स्मृति प्रदेशस्तरीय भलिबलको उपाधि भिडन्त आज, गायिका विपना सिंहको प्रस्तुति रहने​

पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वय स्व. भुवनसिंह केसी र स्व. दीर्घबहादुर खत्रीको स्मृतिमा जुम्लामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सरस्वती युवा क्लब मिचाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधिका लागि शीर्ष दुई टोली भिड्न लागेका हुन्।

​गत कात्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टोलीले सहभागिता जनाएका छन्। लिग चरणका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा अंक तालिकाको पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीबीच उपाधि भिडन्त हुने क्लबका अध्यक्ष भीम रावलले जानकारी दिए। उनका अनुसार आज बिहानका खेलहरूको नतिजा आएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लाग्नेछ र त्यसलगत्तै आजै फाइनल खेल सञ्चालन हुनेछ।

​प्रतियोगिताको उद्घाटन जुम्ला प्रदेशसभा क्षेत्र नं. (क) का सांसद देवेन्द्रबहादुर शाहीले गरेका थिए।

​फाइनलमा गायिका विपना सिंहको प्रस्तुति
​प्रतियोगिताको फाइनल खेललाई थप भव्य र मनोरञ्जनात्मक बनाउन चर्चित गायिका विपना सिंह आजै जुम्ला आइपुग्ने कार्यक्रम छ। फाइनल खेलका दौरान उनको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको प्रस्तुतिले खेलप्रेमी तथा दर्शकमा थप ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

​दिवंगत राष्ट्रिय खेलाडीहरूको स्मृतिलाई जीवन्त राख्दै खेलकुदको माध्यमबाट नयाँ पुस्तालाई प्रेरित गर्ने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा आपसी सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार