बुधबार, १८ कार्तिक, २०८३

जाजरकोटमा भाइले गरे दाइको हत्या

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भाइले कोदालो प्रहार गर्दा दाइको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठो बुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि धारिलो हतियार कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए […]

निराशाको बादल चिर्दै अबको कार्यदिशा

अबको नेपाल युवा विकल्पहीन भएर पासपोर्टको लाममा उभिनुपर्ने देश हुनुहुँदैन। राजनीतिक नेतृत्वले सत्तामोह त्यागेर राष्ट्रिय हितलाई केन्द्रमा राखी निराशाको बादल चिर्न अब भाषण होइन, इमानदार तथा परिणाममुखी ठोस कार्यसम्पादन देखाउनुपर्छ। ​नेपाल आज यस्तो संवेदनशील ऐतिहासिक मोडमा उभिएको छ, जहाँ सम्भावनाहरू असीमित छन् तर तिनलाई व्यवहारमा रूपान्तरण गर्ने राजनीतिक तथा संस्थागत इच्छाशक्ति भने क्षीण देखिन्छ। राजनीतिक […]

भुवन-दीर्घ स्मृति प्रदेशस्तरीय भलिबलको उपाधि भिडन्त आज, गायिका विपना सिंहको प्रस्तुति रहने​

पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वय स्व. भुवनसिंह केसी र स्व. दीर्घबहादुर खत्रीको स्मृतिमा जुम्लामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सरस्वती युवा क्लब मिचाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधिका लागि शीर्ष दुई टोली भिड्न लागेका हुन्। ​गत कात्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टोलीले सहभागिता जनाएका छन्। लिग चरणका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा […]

ताजा समाचार