सोमबार, ३० कार्तिक, २०८३

जुम्लामा ब्राउन सुगर कारोबार तथा सेवनको आरोपमा चार जना पक्राउ

लागूऔषध (ब्राउन सुगर) कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा जुम्ला प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको तातोपानी गाउँपालिका–२ डाँगीवाडाका ३१ वर्षीय केशेन्द्र डाँगीलाई ब्राउन सुगर बिक्री तथा सेवन गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।

प्रहरीले २०८३ कात्तिक २८ गते दिउँसो ४ बजे प्रहरी चौकी लिताकोटबाट खटिएको टोलीले डाँगीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागूऔषध किटबाट परीक्षण गर्दा सेवन पोजेटिभ देखिएपछि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, चन्दननाथ नगरपालिका–५ कालिखोली क्षेत्रमा शंकास्पद अवस्थामा सडकमा हिँडिरहेका अन्य तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३९ वर्षीय टेक कामी, ३० वर्षीय चन्द्र कुलाल र २८ वर्षीय रोशन रोकाया रहेका छन्। उनीहरूलाई शंका लागेर नियन्त्रणमा लिई लागूऔषध किटबाट परीक्षण गर्दा सेवन पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार