मंगलवार, १ मंसिर, २०८३

जुम्लाको ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्स’द्वारा चाडपर्व लक्षित बम्पर उपहारको विजेता सार्वजनिक गरिँदै

नेपालीहरूको महान् चाड बडा दशैं, तिहार र छठ पर्वको विशेष अवसर पारेर जुम्ला बजारस्थित ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्स’ले ग्राहकहरूका लागि सार्वजनिक गरेको आकर्षक ‘बम्पर उपहार योजना’का विजेता घोषणा गर्न लागिएको छ।

जुम्ला बजारको कृष्ण मन्दिर नजिकै सञ्चालनमा रहेको उक्त स्टोरले चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनुका साथै अतिरिक्त उपहारको व्यवस्था गरेको हो।

योजनाअनुसार ग्राहकहरूले स्टोरबाट एक हजार रुपैयाँभन्दा माथिको जुनसुकै सामान खरिद गर्दा एउटा उपहार कुपन प्राप्त गरेका छन्। सोही कुपनको आधारमा विजेता छनोट गरी विभिन्न पाँच विधामा आकर्षक पुरस्कार प्रदान गर्न लागिएको हो।

मंगलबार साँझ एक भव्य कार्यक्रम आयोजना गरेर प्रथम पुरस्कार स्वरूप एक जनालाई टेक्नो मोबाइल, दोस्रो पुरस्कार स्वरूप एक जनालाई ३२ इन्चको स्मार्ट टिभी र तेस्रो पुरस्कार स्वरूप एक जनालाई साउण्ड सिस्टम प्रदान गरिने स्टोरले जनाएको छ।

यसैगरी चौथो पुरस्कार अन्तर्गत पाँच जनालाई स्मार्ट वाच र पाँचौं पुरस्कार अन्तर्गत दश जनालाई एयरबड्स उपलब्ध गराइनेछ।

स्टोरका संचालक तथा उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाक्षेत्रीले चाडपर्वको खुसी ग्राहकहरूसँग साट्न र स्थानीय स्तरमै सुलभ दरमा गुणस्तरीय विद्युतीय सामग्री उपलब्ध गराउन यो योजना ल्याइएको बताए।

उनले भने, ‘उपभोक्ताहरूले जुम्ला बजारमै सस्तोमा गुणस्तरीय सामान पाऊन् भन्ने हाम्रो मुख्य उद्देश्य हो। चाडपर्वको किनमेललाई अझ उत्साहजनक बनाउन ‘खरिद गर्नुहोस्, कुपन पाउनुहोस् र बम्पर उपहार जित्नुहोस्’ भन्ने अभियानसहित यो योजना अघि सारेका हौं।’

‘विश्वासको साथ, सधैं तपाईंको साथमा’ भन्ने मूल नाराका साथ सेवा दिइरहेको उक्त स्टोरमा मोबाइल सेल्स एण्ड एक्सचेन्ज, ल्यापटप तथा कम्प्युटर, टिभी र एसी उपलब्ध छन्। यसका साथै होम अप्लायन्सेस तथा पार्ट्स, सोलार सिस्टम र विभिन्न एक्सेसरिज बिक्री तथा मर्मत (रिपेयरिङ) को समेत भरपर्दो सुविधा रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार