मंगलवार, १ मंसिर, २०८३

रास्वपा प्रवेश गरेका नुर्बु लामाले गुठीचौरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने

​

​जुम्लाको गुठीचौर गाउँपालिका–३ दामदासेका कृषक तथा पर्यटन व्यवसायी नुर्बु लामाले आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

​यसअघि नेकपा (एमाले) मा सक्रिय रहेका लामा गुठीचौरका तत्कालीन अध्यक्ष दानबहादुर बुढासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। यद्यपि, आगामी निर्वाचनमा भने उनले स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने निर्णय लिएका हुन्।

​स्थानीय ‘होटल कान्जिरुवा’ का सञ्चालकसमेत रहेका लामाले आफ्नै कृषि र पर्यटन क्षेत्रको अनुभवलाई पालिकाको मुहार फेर्ने अभियानमा जोड्ने अठोट लिएका छन्। स्थानीय आवश्यकता र सम्भावनालाई नजिकबाट नियालेको बताउँदै उनले कृषि र पर्यटनको विकासमार्फत गुठीचौरलाई ‘नमुना गाउँपालिका’ बनाउने मुख्य लक्ष्य अघि सारेका छन्।

​मतदातालाई रिझाउन ठूला सपना बाँड्ने प्रवृत्तिको विरोध गर्दै उनले व्यावहारिक काममा जोड दिने प्रतिबद्धता जनाएका छन्। ‘कुनै व्यक्तिगत स्वार्थ र लोभलाभ नराखी, झुटको खेती नगर्ने बाचासहित मेरो स्वतन्त्र उम्मेदवारी रहनेछ,’ लामाले भने, ‘नागरिकको हित र समग्र पालिकाको विकासका लागि सम्पूर्ण मतदाताको साथ र सहयोगको अपेक्षा गरेको छु।’

​यसअघि एमाले हुँदै अध्यक्ष दानबहादुर बुढासँगै रास्वपा प्रवेश गरेका लामाले झूटा आश्वासनभन्दा व्यावहारिक काममा जोड दिँदै कृषि र पर्यटनमार्फत गुठीचौरलाई ‘नमुना गाउँपालिका’ बनाउने प्रतिबद्धतासहित मतदातासँग साथ मागेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार