मंगलवार, १ मंसिर, २०८३

मुगु जिप दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु, ज्यान गुमाउने ४ पुगे

मुगुमा आइतबार भएको जिप दुर्घटनामा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत अन्जु थापाको सोमबार दिउँसो करिब १ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थापाका अनुसार उनको मृत्युसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनालगत्तै घाइते थापालाई […]

लागूऔषध ब्राउन सुगरसहित जुम्लामा एक पक्राउ

लागूऔषध ब्राउन सुगरको कारोबार तथा सेवन गरेको आरोपमा प्रहरीले जुम्लाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–२, जर्मीगाउँका ३२ वर्षीय कुशेन्द्र महत रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महतलाई कात्तिक ३० गते बिहान करिब ८ बजे नियन्त्रणमा लिइएको हो । ब्राउन सुगर बिक्री वितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाका […]

जुम्लाको ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्स’द्वारा चाडपर्व लक्षित बम्पर उपहारको विजेता सार्वजनिक गरिँदै

नेपालीहरूको महान् चाड बडा दशैं, तिहार र छठ पर्वको विशेष अवसर पारेर जुम्ला बजारस्थित ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्स’ले ग्राहकहरूका लागि सार्वजनिक गरेको आकर्षक ‘बम्पर उपहार योजना’का विजेता घोषणा गर्न लागिएको छ। जुम्ला बजारको कृष्ण मन्दिर नजिकै सञ्चालनमा रहेको उक्त स्टोरले चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनुका साथै अतिरिक्त उपहारको व्यवस्था गरेको हो। […]

रास्वपा प्रवेश गरेका नुर्बु लामाले गुठीचौरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने

​ ​जुम्लाको गुठीचौर गाउँपालिका–३ दामदासेका कृषक तथा पर्यटन व्यवसायी नुर्बु लामाले आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। ​यसअघि नेकपा (एमाले) मा सक्रिय रहेका लामा गुठीचौरका तत्कालीन अध्यक्ष दानबहादुर बुढासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। यद्यपि, आगामी निर्वाचनमा भने उनले स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने […]

अनेरास्ववियु जुम्लाको अध्यक्षमा बिनबहादुर रावत सर्वसम्मत

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लाको ११औँ जिल्ला अधिवेशनले बिन बहादुर रावतको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनको बन्द सत्रले तिला गाउँपालिकाका रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा पदम न्यौपाने (तातोपानी) र महिला उपाध्यक्षमा रेखा बुढा (तिला) चयन भएका छन्। त्यसैगरी सचिवमा भिजन वड (सिंजा), सहसचिवद्वयमा […]

ताजा समाचार