बुधबार, ५ कार्तिक, २०८३

रसुवा बाढीमा ज्यान गुमाएका पातारासीका पीडितलाई १ लाख ८३ हजार आर्थिक राहत


​
रसुवा बाढीमा परेर ज्यान गुमाएका जुम्लाको पातारासी गाउँपालिकाका पीडित परिवारलाई १ लाख ८३ हजार रुपैयाँभन्दा बढी आर्थिक राहत सहयोग प्रदान गरिएको छ। विभिन्न सहयोगी व्यक्ति तथा सामाजिक संस्थाहरूको पहलमा संकलित कुल १ लाख ८३ हजार ७७५ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

​संकलित रकममध्ये ‘लायन्स क्लब अफ काठमाडौँ’ले ५० हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी रकम विभिन्न सहयोगी मनहरूबाट जुटेको हो। क्लबले पीडित परिवारको जीविकोपार्जनका लागि आगामी दिनमा पनि थप व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

​राहत संकलन तथा समन्वय अभियानमा काठमाडौँबाट महेश रावलले विशेष पहल गरेका थिए भने महेशचन्द्र महतले सहकार्य गरेका थिए। गाउँपालिका स्तरमा भने स्थानीय हिरा बुढाले सहजीकरण गर्दै राहत रकम वितरणमा प्रत्यक्ष सहयोग पुर्‍याएका थिए।

​राहत हस्तान्तरण कार्यक्रममा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले दुःखको यस घडीमा पीडित परिवारलाई ढाडस दिँदै सहयोग जुटाउने सम्पूर्ण दाता तथा अभियन्ताहरूप्रति आभार व्यक्त गरे।

विपद् र शोकमा परेका नागरिकको घाउमा मलम लगाउन जुटेको मानवीय सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष बोहोराले गाउँपालिका सधैँ नागरिकको सुख-दुःखमा साथ रहने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार