संगीत संयोजक (म्युजिक एरेन्जर) पुष्कर खत्रीको स्वर रहेको नयाँ गीत ‘दुत्या दसैँ’ सार्वजनिक भएको छ।
नेपाली सुगम तथा आधुनिक संगीतको संयोजनमा सक्रिय रहँदै आएका खत्रीले समय समयमा गायनमार्फत पनि दर्शक श्रोतामाझ उपस्थिति जनाउँदै आएका छन्।
यसै क्रममा चाडपर्वलक्षित गर्दै उनले यो नयाँ सिर्जना ल्याएका हुन्।
नाथन रायून को शब्द रचना रहेको यस गीतको संगीत संयोजन खत्री स्वयंले गरेका हुन्।













