सोमबार, ३० कार्तिक, २०८३

कविता : पंखी बतास

​बेलैमा आइ पुग्छ
सिरसिरे पंखी बतास
सरसरती चल्छ एसी
उदाङ्ग बसेको छ झ्याल

​चहकदार लाग्छ बाथरुम
नरम छ बिस्तरा
गरम बनी दिन्छ सिरक

​झकिझकाउ छ फुलबुट्टे पर्दा
इन्द्रेणी रङ्ग बराबर
बलेका हुन बत्तीहरु

​निहुरिनु पर्दैन प्रवेशद्वार पनि
बसिरहेको छ उँचो भइ
​
दियोको चमक
गजक्कको सुप्त थकान
घट्नु अगावै
साराका सारा आइ पुग्छन्

​तर
कदापि आइ पुगेन
सच्चा बखतको रात बिउँझाउने
मनोहर निन्द्रा।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार