निर्वाचन आयोगले तयारी पूरा गरी मतदान अधिकृतहरूलाई खटायो। मलाई पनि मतदान अधिकृत बनाइयो। फागुन १३ गते तालिम लिएँ। १८ गते सामग्री बुझें। सहायक मतदान अधिकृत सुमित्रा कुँवर, सुभद्रा पोखरेल, राधिका जीएम, रमेश केसी, चालक सुनील चौधरी र सुरक्षाकर्मी प्रमुख असई रामबहादुर आलेसँग मजुवा पुगेँ।
हरेक पाँच पाँच बर्षमा हुने आवधिक निर्वाचन हुने संवैधानिक व्यवस्था रहे बमोजिम नेपालको संविधान २०७२ पछि पहिलो निर्वाचन २०७४ मा र दोर्षो निर्वाचन २०७९ बैशाखमा भएको थियो । तेर्सो निर्वाचन २०८४ मा हुनु पर्नेमा गत भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनका कारण यही फागून २१ गते निर्वाचन हुने घोषणा भयो ।
मैले सकेसम्म देशभित्रका सबै राष्ट्रवादी, राष्ट्रप्रेमी एवं सबै राजनीतिक दलबीच सम्पूर्ण नमिलेका कुरामा सहमति भई सँधैकोलागि शान्तिछावस् भन्ने सोचि रहेको थिँए । साँच्चिकै भन्ने हो भने म ६/७ बर्षको हुँदा जनमतसंग्रह,२०४६ को जनआन्दोलन २०६२/६३ दोर्षो जनआन्दोलन प्रत्यक्ष देखिरहेकोछु, भोगिरहेको छु । धर्म निरपेक्ष मुलुक र संघीय गणतन्त्रात्मक व्यवस्था हुनेकि नहुने भन्ने बहससँगै धर्मनिरपेक्ष मुलुक र गणतन्त्रात्मक व्यवस्था लागू भयो ।
आज पनि धर्मनिरपेक्ष नभई हिन्दु बौद्व र किँरात धर्मसहितको मुलुक रााजसंसथा सहितको संघीय व्यवस्था र प्रदेश खारेजी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, भ्रष्टाचार मुक्त समाज र सुशासन हुनुपर्ने वैदेशिक रोजगारीमा पठाउने परम्पराको अन्त्य लगायतका विषय सडक सदनसम्म उठ्ने गरेका पाईन्छन् ।
गत २०८२ भाद्र महिनामा प्रधानमन्त्री शुशिला कार्कीको सरकार बनेसँगै यही २०८२ साल फागुन महिनाको २१गते बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनेगरि आमनिर्वाचनको घोषणा भएको थियो । प्रतिनिधिसभा निर्वाचन २०८२ सम्पन्न होला कि नहोला आम नेपाली जनतालाई बिश्वासै लागिरहेको थिएन ।
भाद्र २३ गतेको जेन्जी आन्दोलनको क्रममा ७६ जना नेपाली जेन्जी भाईवहिनीहरूले अकालमा मृत्यूवरण गरेका थिए। निवर्तमान सरकारले सामाजिक सञ्जालका बाटाहरू (नेटवर्क) बन्द गरे पछि सरकारले बन्द गरेको सामाजिक सञ्जाल खुलाउन एवं सरकारका काम कारबाहीबाट असन्तोष व्यक्त गरेका नेपालका जेन्जी पुस्ताबाट गत भाद्र २३ गते काठमाडौं स्थित माइतीघर मण्डला हुँदै नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गरेको थियो।
आन्दोलनले चरमरुप लिँदा आन्दोलनकारी विरुद्ध बन्दुक गोली चल्दा सो आन्दोलनमा सोहीदिन १९ जना जेन्जी बिध्यार्थीले ज्यान गुमाए । सोको आवेगमा भोलिपल्ट २४ गते सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत सहित विभिन्न सरकारी कार्यालय निजी एवं व्यवसायिक भवनहरू समेत जलाईएका थिए ।
आगजनीबाट प्राय भवनहरू आंशिक क्षति भएका थिए । केही भवन मर्मत संभारपछि संचालनमा ल्याईएका छन् । केही सरकारी भवन अझै सञ्चालनमा आउन सकेका छैनन् ।
प्रधानमन्त्री केपि शर्मा वलीले स्वयंले सुरक्षा खोज्न जानुपर्यो। आन्दोलनकारीहरू बाट नेताहरूको घर सहित धनपैसा पनि जलाईए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमात्र जलाईएन, निजका दुबै लोग्ने स्वास्नीलाई कुटपिट गर्ने काम पनि भयो । संसदनै विघठन हुन पुग्यो । पूर्व प्रधानमन्त्री केपी शर्मा वली सरकारले राजीनामा दिएपछि सरकार विघठन भयो । पूर्व प्रधान न्यायाधीश शुशीला कार्कीको नेतृत्वमा नयाँ चुनावी सरकार बन्यो । राष्ट्रिय संकट समाधान गर्न नयाँ निर्वाचित संसद र सरकार बनाउन ६ महिनाभित्र निर्वाचन हुने घोषणा भयो । जेन्जी पुस्ताको माग अनुसार पूर्व प्रधान न्यायाधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
नेपालको संविधान २०७२ पछि नेपाल स्वतन्त्र,अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा स्थापित भइ पहिलो पटक २०७४ मा र दोर्षो पटक २०७९ मा प्रतिनिधि सभाको चुनाव सम्पन्न भएको थियो । आमनिर्वाचन २०७९ बाट मुलुकले स्पस्ट बहुमत नपाएपछि दलहरू बीच गठबन्धनका सरकार दुई चोटि बनिसकेकोमा तेर्सो पटकमा दुई ठुला दल नेपाली काँग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टी एमाले सहितको गठबन्धन सरकार बनेको थियो । उक्त सरकारको नेतृत्व भने प्रधानमन्त्री खड्गप्रसाद वली (केपि.वली) ले गरीरहेका थिए ।
उक्त निवर्तमान सरकारले गत भाद्र २३ गते भन्दा केही दिन अघिदेखि सामाजिक संजालका नेटवर्कहरू बन्द गरिरहेको थियो । सामाजिक सञ्जाल सञ्चालनसँग आवद्व केही निकायले सरकारका शर्तहरु पालना नगरेपछि सामाजिक सञ्जाल सञ्चालनका पक्षहरुलाई नियमनमा ल्याउन सरकारले सामाजिक सञ्जालका सबै बाटाहरू बन्द गरेको थियो ।
मुलुकमा व्याप्त बेरोजगारी मौलाईरहेको बेलामा युवापुस्ताका बिध्यार्थी भाईबहिनीले सामाजिक सञ्जालको प्रयोग गरी रोजगार गरिरहेको कुरा सरकारले पत्तो पाएन । बढ्दो बेरोजगारीतर्फ ध्यान नदिई एकोहोरो सोच राखि गरिएको सामाजिक सञ्जाल बन्द कार्यले बिध्यार्थी र युवापुस्ता आवेगमा आई सरकारप्रति भाद्र २३ गते विद्रोहको को रुपमा खनियो । जेन्जी पुस्ता आन्दोरत पक्षले संसद भवन बानेश्वरको घेरा समेत तोडेपछि एकाएक हातहतियार प्रयोग भए । उक्त आन्दोलनको क्रममा १९ जना जेन्जी पुस्ता २३ गतेनै स्वर्गवास भए । १९ जना होनहार बिध्यार्थी जेन्जीहरूको मृत्यू भएपछि आन्दोलनकारी झन उत्तेजित भएर भोलिपल्ट २४ गते आक्रामक रुपमा नेपाल सरकार ठुलठुला निकायहरूप्रति खनियो ।अन्य घाईते भएका जेन्जी समेत उपचारको क्रममा जम्मा ७६ जना जेन्जी पुस्ताले ज्यान गुमाउन पुगे ।
यो दुई दिन भित्रमा घटेको यस आन्दोलन र घटनाले नेपालकै राजनीतिक ईतिहासमा नौलो रुप र मोड लिन पुग्यो । प्रस्तुत लेखमा आन्दोलनको क्रममा जेन्जीसित घुसेर आन्दोलनलाई चर्काउने र जेन्जीलाई अघि सारी आफ्नो स्वार्थ पूरा गर्ने बाह्य तथा आन्तरिक समूह बारे यो संक्षिप्त लेखमा लेखिएको छैन । त्यसबारे थप अनुसन्धान गरि छुट्टै कलम चलाउन सान्दर्भिक ठानेकोछु ।
सरकारसँग सामाजिक सञ्जाल रोकेकोमा मात्र जेन्जी पुस्ताको आवेग थिएन, वास्तमा उनिहरूको चाहना मुलुकमा व्याप्त बेरोजगार, रोजि- रोटिकै लागि बिदेशमा मजदुरी गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्न, मुलुकमा व्याप्त बढ्दै गएको भ्रष्टाचारको अन्त्य , मुलुकमै उध्योग कलकारखाना स्थापित गरि मुलुकलाई स्वावलम्बी र संमृद्व बनाउन, मुलुकलाई आयातमुखी भन्दा निर्यातमुखी बनाउने भन्ने लगायत गुणस्तरीय शिक्षा, महंगो शिक्षालाई सर्वशुलभ बनाउन, महंगो स्वास्थ्य शिक्षाको अध्ययनलाई शुलभ बनाउन, स्वास्थ्य सेवालाई मितव्ययी बनाउन र सामाजिक सुरक्षाका विभिन्न क्षेत्रमा राज्यलाई उत्तरदायी र जिम्मेवार बनाउने भन्नेमा पनि थियो।
यस अवधिमा निवर्तमान केपि वली सरकार विशेषगरी नेपाली काँग्रेस र नेकपा एमाले पार्टीले संसद पुनस्थापना हुनुपर्ने कुरामा जोड दिदै आएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत राजसंस्था समर्थक विभिन्न समूह र केही क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी (मोहनविक्रम सिँह समूह) ले सहमति कायम गरेरमात्रै निर्वाचनमा जानुपर्छ भन्दै आईरहेका थिए । तर सहमतिको कुनै वातावरणनै बन्न सकेन ।
निर्वाचन आयोगबाट सरकारले गरेको निर्वाचनको घोषणालाई प्रतिवद्व र कटिबद्व रुपमा कार्यान्वयन गर्दै सम्पुर्ण तयारी गरेर देशभरमा सम्पुर्ण मतदान कार्य सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम गराई मतपेटिका, मतपत्र लगायत सम्पुर्ण निर्वाचन सम्बन्धि सामाग्री र सुरक्षाकर्मी समेत प्रत्येक मतदान केन्द्रमा पठाईसकेको छ ।
यही अभियानमा मलाई मतदान अधिकृत बनाई मूख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले मतपेटिका, मतपत्र, निर्वाचन सामग्री सुरक्षाकर्मी सहित एउटा मतदान केन्द्रमा ६ जना कर्मचारीहरूको टोली खटाएको थियो ।
यही क्रममा मलाई पनि गत फागुन १३ गते मतदान अधिकृतको रुपमा तोकि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि हुने निर्वाचन सम्पन्न गराउन १ दिने अभिमुखीकरण तालिममा सहभागी हुने अवसर दिएको थियो । नेपाली जनतालाई १७ गते सम्ममा पनि कर्मचारीहरू निर्वाचन सम्पन्न गराउन जालान् कि नजालान् भन्ने आशंका जागिरहेको थियो । आशंकाले सार्थकता पाउन सकेन ।
१८ गते बिहान १० बजे भित्रै मतपेटिका, निर्वाचन सम्बन्धि सामाग्री र मतपत्र बुझेँ । मेरो मतदान केन्द्रमा सहायक मतदान अधिकृत सुमित्रा कुँवर, सहायक कर्मचारी सुभद्रा पोख्रेल राधिका जिएमर रमेश केसि र सहयोगी कर्मचारीको रुपमा मेरो आफ्नै कार्यालयका सवारी चालक शुनिल चौधरी खटिएका थियौँ । सुरक्षाकर्मीको नेतृत्व मजुवा प्रहरीचौकी प्यूठानका प्रमुख असई (प्रहरी सहायक निरिक्षक) रामबहादुर आले- लाई तोकिएको थियो । असई र हामी कर्मचारी साथी तोकिएको मतदान केन्द्रमा समयमै आईपुगेका थियौँ ।
फागुन महिनाको उत्तरार्धको समय, बिस्तारै चिसो हट्दै न्यानो बढ्दैछ, झिम्रुक खोला संग्लिदै बगेको देखिन्छ । हामी र हामी जस्तै कर्मचारीहरूले आमनिर्वाचन सम्पन्न गरेको देख्ने, जनतासँग वाचा गरेका प्रतिबद्वता पूरा गरे नगरेको प्रत्यक्ष देख्ने झ्रिमुक खोला र प्यूठानका वस्ती वस्ती साक्षी बनिरहेका छन् । एतिखेर प्यूठानका उम्मेदवार र राजनैनिक दल मात्रै होइनन् मुलुककै उम्मेदवार र राजनैतिक दलहरू अग्नि परिक्षामा रहेका देखिन्छन् ।
मतदान केन्द्र बाल बिध्या माध्यमिक बिध्यालय मजुवा प्यूठान नगरपालिका वडा नं ९ रहेको छ । २ वटा मतदानकेन्द्र रहेको यस बिध्यालयमा ख केन्द्रका कर्मचारी साथीहरु पनि हामी सँगै मतदान केन्द्रमा आईपुगेका थियौँ ।
मतदान केन्द्रमा हामी लगभग दिउसोको १.०० बजेभित्रै पुगिसकेका थियौँ । मतदान केन्द्र तोकिएको उक्त बिध्यालय र विद्यालय परिसर निकै रमाइलो लाग्यो । गहिरो सम्म फराकिलो ठाउँमा बिध्यालय छ । ५/६ वटा भवन, योगागर्ने हल, भान्सा सानासाना बालबालिकाको लागि बाल विकास केन्द्र, धारा बिजुली, खानेपानी ट्वाईलेट, बिध्यार्थी भाईबहिनीहरूको लागि खेलकुद खेल्न फुटवल र भलिवल खेल्ने ग्राउन्ड, स्कुल पारी गहुँजौँ लगाईएका धानखेति योग्य जमिन, खेतीयोग्य जमिनको माथी गाउँबस्ती, गाउँबस्तीको माथी जंगल , बस्तीबाट आधी घण्टा पनि नलाग्ने सुविधायुक्त जंगल देखिरहेका छन् । प्राय सबै जातको रुख बृृक्ष पाईने जंगलहरू वारीपारी देखिरहेका छन्।
मझुवा गाउँ जंगलको बीचको बस्ती देखिन्छ। स्कुलको छेउबाटै मजुवा खोलो बगिरहेको छ । मझुवा गाउँको नजिकै मरन्ठाना बजार छ । यो बजारले प्राय स्थानीय मानिसका सबै आवश्यकता पुरा गर्दोरहेछ । सबै जातजातिका मानिसको समिश्रण बस्ती रहेछ मझुवा गाउँ। मरन्ठाना बाटनै झिम्रुक गाउँपालिका, नौबहिनी र गौमुखी गाउँपालिका पुग्न सकिने भएकोले मरन्ठाना निकै महत्त्वपूर्ण स्थान लाग्यो ।
विकासका सबै पक्षले छोएको मरन्ठाना र मझुवागाउँमा पक्कीसडकको आवश्यकता, स्वास्थ्य सुविधा र गाउँमा रोजगारीका अवसर खुलाउन सके मरन्ठाना वासी र मझुवाका जनता मझुवामै रमाएर बस्ने अवस्था प्रशस्त देखेँ ।
एतिखेर मलाई केही फागुन २१ गते हुने निर्वाचनका कुरा गर्न मन लागिरहेछ। हामी मतदानकेन्द्रमा पुगेपछि सबैभन्दा अघि भातभान्सा र बसाईको व्यवस्था गर्न लाग्यौँ किनकी निर्वाचन सम्बन्धि सामग्रीको सुरक्षा गर्नु, निर्वाचनका लागि खटिएका कर्मचारीहरू र निर्वाचनका लागि खटिएका सुरक्षाकर्मीहरूको सुरक्षा खानपान र आवासको व्यवस्थापन गर्नु थियो । सोही बिध्यालयका शिक्षक कर्मचारी र सहयोगी कर्मचारीहरुले आवश्यक व्यवस्थापन गरिदिनुभएपछि हाम्रो टन्टासाफ भयो ।
यसपछि मैले यस नौ नं वडाका वडा अध्यक्ष विकास केसिसँग भोलि १९ गते बिहान सबै दलका जनप्रतिनिधि भेला गराईदिन प्रश्ताव राखेँ ।उहाँले सहयोग गर्न वचन दिनुभयो । मतदान हुने दिनको ४८ घण्टा अघिदेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको छ । सो मौन अवधिको विशेष अर्थ र महत्त्व रहने भएकोले विभिन्न अनुसूची फारामहरू भरी प्रमाणित गरी मतदानकेन्द्र नजिक टाँस गर्यौँ ।
निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित शान्त वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको क्षेत्र तोकिएको सूचना जारी गर्यौं । आम सर्वसाधारण जनतालाई आधिकारिक रुपमा मतदान हुने स्थानको जानकारी गराउनु महत्त्वपूर्ण कार्य भित्र पर्दथ्यो । यस सूचना सँगै उम्मेदवार, कार्यकर्ता राजनैनिक दल एवं विभिन्न सञ्चारका माध्यमलाई मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने समेतको सूचना टाँस गर्यौं ।
निर्वाचन आयोगको उद्देश्य र निर्देशिका बमोजिम मतदानको कार्य समाप्त नभए सम्म मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गर्न मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरिएको सूचना पनि जारी गर्यौँ । मतदान केन्द्र रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरिएको सूचना समेत जारी गरि सूचना समेत टाँस गर्यौं ।
यस प्रकृयासँगै निर्वाचन आयोगले यो अवधिमा राजनीतिक दल उम्मेदवार, सञ्चारकर्मी, सञ्चार माध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले निर्वाचन प्रचारप्रसारमा गर्ने छैनन् भन्ने कुरामा विश्वास राखेको छु ।
यस अवधिमा निर्वाचन प्रचार प्रसार सहित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, गोष्ठी पनि नगरिदेओस् भन्ने चाहेकोछु । एति ठूलो गहन जिम्मेवारी पनि पूरा गराउनुछ । यस अवधिमा मतदान केन्द्र सँगै आफ्नो मतदान केन्द्र रहेको ठाउँमा बाजागाजा बजाउन, नाचगान, सार्वजनिक भोज भतेर, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह, हुलहुज्जत होहल्ला नहोस् भन्ने मेरो भित्री चाहना रहेको छ ।
मतदानकेन्द्रको क्षेत्र तोकि सके पश्चात यस बीचमा आम जनताले सामाजिक सञ्जाल, अनलाइन छापा, अन्य कुनैपनि विधिबाट कुनै पनि राजनीतिकदल र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर नगरिदिन समेत भोलि हुने सर्वदलिय छलफलमा आग्रह गर्नेछु ।
एतिमात्र होइन, कुनै पनि उम्मेदवार, राजनैतिक दल, कार्यकर्ता, सञ्चारकर्मी लगायत सञ्चार माध्यमसँग निर्वाचन प्रचारप्रसार नगरिदिन निवेदन गर्नेछु । साथै मतदानको काममा संलग्न कर्मचारीलाई कुनै पनि बाधा अड्चन नपुर्याई सबैले आआफ्नो ततरिकाले सहयोग पुर्याइदिन समेत आग्रह गर्नेछु ।
समग्रमा निर्वाचन प्रभावकारी र परिणाममुखी बनाउनु छ । म चाहन्छु- म तोकिएको मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानमा कसैलाई असर नपरोस् कसैलाई असर पर्नेगरी कसैको निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग नहोस् । कसैले कसैलाई भय, त्रास सिर्जना नगरुन् । कसैले कसैलाई कुनैपनि ठाउँमा निर्वाचनको वातावरण नविथोलुन् भन्दै नआमनिर्वाचन २०८२ भव्य रसभ्य होस् भन्ने चाहन्छु ।
(२०८२/११/१८ प्यूठान न.पा.–९, मझुवा “क”, प्यूठान।)














