बुधबार, २७ जेष्ठ, २०८३

हिमा नदीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

जुम्लाको हिमा गाउँपालिका–३ पिप क्षेत्रमा हिमा नदीको बीच भागमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

बुधबार बिहान करिब ८ः४० बजे स्थानीयवासीले नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरी चौकी वड्की जुम्लालाई जानकारी गराएका थिए। 

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी वड्कीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण जैसीको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको नेतृत्वमा १० जनाको प्रहरी टोली दिउँसो १ बजे घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

हाल घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। फेला परेको शव कसको हो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार