सोमबार, ११ श्रावण, २०८३

हिमा नदीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

जुम्लाको हिमा गाउँपालिका–३ पिप क्षेत्रमा हिमा नदीको बीच भागमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बुधबार बिहान करिब ८ः४० बजे स्थानीयवासीले नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरी चौकी वड्की जुम्लालाई जानकारी गराएका थिए।  सूचना प्राप्त हुनासाथ प्रहरी चौकी वड्कीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण जैसीको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। […]

नेपाली गजलको काव्यिक चेतनामा भएको ग्याप घटाउने काम महेन्द्र अतलले गरे

अहिले यो दुई दशकमा, डेढ दशकमा केही औँलामा गन्न सकिने गजलकार, कविहरू नेपाली गजलमा उदय हुनुभएको छ। ती गजलकारहरूलाई तराजुमा तौलने हो भने, मेरो आँखाले, मेरो हृदयले, मेरो भावले बुझेको महेन्द्र अतल भनेको एक नम्बर गजलकार हुन्, नेपाली गजलमा। धन्यवाद उद्घोषक महोदय, मैले सोझै विषयमा प्रवेश गरेँ। हाम्रो महेन्द्र अतल, उहाँको बारेमा केही वस्तुगत कुराहरू […]

पहिरोले थुनियो कर्णाली करिडोर 

अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड बुधबार पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु र एक सयभन्दा बढी सवारी साधन विभिन्न स्थानमा रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीका अनुसार मंगलबार रातिदेखिको वर्षाले नरहरिनाथ गाउँपालिका अन्तर्गत लालीघाट भौतेकुना, सान्नीत्रिवेणीको रैगिंल क्षेत्र तथा पचालझरना गाउँपालिकाको […]

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सिंजाले सरल कृषि कर्जा दिदै

सिँजा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भए सँगै गाउँपालिकाले आफ्नै भवन उपलब्ध गराएर बैंकिङ सेवा विस्तारमा सहयोग गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विगत दुई वर्षदेखि काउन्टर सेवामार्फत सञ्चालनमा रहेको बैंकले स्थानीय नागरिकलाई सेवा प्रदान गर्दै पर्याप्त अनुभव हासिल गरिसकेको छ।  अध्यक्ष धितालले गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौताअनुसार सरल […]

जेनजी आन्दोलनका योजनाकार सत्तामा, सबैतिरबाट क्लिनचिट !

प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानव अधिकार उल्लंनकर्ता ठहर गर्दै सजाय तोकिएको छ । तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, रास्वपा सभापति लामिछानेसहित एक दर्जन बढी सांसदहरुको नाम किटान गरिँदै कारबाहीको सिफारिस गरिएको छ । यद्यपि, प्रधानमन्त्री वालेनको भने कहिकतै नाम उल्लेख गरिएको छैन । जेनजी आन्दोलनलाई वालेनले पूर्ण रुपमा […]

जुम्लामा यातायात तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको आयोजनामा तथा जिल्ला ट्राफिक कार्यालय जुम्लाको सहकार्य र समन्वयमा जुम्लामा यातायात तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। जुम्लास्थित होटल स्टे भ्याली भ्युको सभाहलमा मंगलबार बिहान आयोजित कार्यक्रममा तिला कर्णाली यातायात समिति, भैरवनाथ यातायात सेवा समिति लगायत विभिन्न यातायात व्यवसायी, सवारी चालक तथा […]

जुम्लामा लागूऔषधसहित तीन जना पक्राउ, अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत थप तीन जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ असार २६ गते साँझ करिब ७:०० बजे तिला गाउँपालिका–१ रारालिहीस्थित जुम्ला–नाग्म सडकखण्डमा प्रहरी चौकी नाग्मा रारालिहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई जना र जिल्ला प्रहरी कार्यालय अगाडि एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका–५ […]

ताजा समाचार