बुधबार, २७ जेष्ठ, २०८३

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सिंजाले सरल कृषि कर्जा दिदै

सिँजा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भए संगै  गाउँपालिकाले आफ्नै भवन उपलब्ध गराएर बैंकिङ सेवा विस्तारमा सहयोग गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विगत दुई वर्षदेखि काउन्टर सेवामार्फत सञ्चालनमा रहेको बैंकले स्थानीय नागरिकलाई सेवा प्रदान गर्दै पर्याप्त अनुभव हासिल गरिसकेको छ। 

अध्यक्ष धितालले गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौताअनुसार सरल कृषि कर्जा कार्यक्रम पनि छिट्टै सुरु हुने जानकारी दिए। 

नराकोटस्थित शाखाबाट ऋण प्रवाह, पेन्सन वितरण, राजस्व संकलन तथा अन्य सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने राष्ट्रिय वाणिज्य बैंकका देवराज उपाध्यायल् बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार