सजिएर कालै कोटमा म न्यायको दियो बाल्दछु
आममानिसको मनमा न्याय प्रति विश्वास रोप्दछु
न्याय माथि भरोषा राख्ने त्यो व्यक्ति बन्न सकेर
अनुशासनको जनजन बीचमा उज्यालो फैलाउँछु।
यो कालो कोट लगाएर शान कायम राख्न सकुँ
सर्वसाधारणको मन मुटुभरीनै म सदा बस्न सकुँ
कालोकोट सहित यो टोपीको इज्जत राख्न सकुँ
गुमेको न्याय दिलाइदिने त्यो व्यक्तित्व बन्न सकुँ।
पीडित र राज्यको हित निहितमा म बहस गर्दछु
मौलिक अधिकारको रक्षार्थ म सदा खडा रहन्छु
भरोषा र आश्था पुञ्ज हामी सबैको कालो कोट
ढाँका टोपी दिवशमा म शुभकामना व्यक्त गर्दछु।
२०८१/९/१७
(जुम्ला खलंगाका कवि हाल प्यूठान खलंगामा सरकारी वकिल हुनुहुन्छ।)
















