बुधबार, २५ कार्तिक, २०८३

दैलेख दुर्घटना : उपचारका क्रममा थप दुई जनाको मृत्यु, चार घाइते

दैलेखमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–७ मुम्रा (क्युरी) का २१ वर्षीय चालक योगेश सिम्खाडा र सान्नीत्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा विष सेवन गरेकी बिरामी कैली सार्कीसहित जादुकला, गंग सार्की र तपेन्द्र सिम्खाडा रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परेका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा ज्यान गएको हो भने बाँकी चार जनाको उपचार जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार