सोमबार, २३ कार्तिक, २०८३

दैलेखमा सुतिरहेको परिवारमाथि हँसिया प्रहार : एक महिलाको मृत्यु, चार घाइते

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान सुतिरहेको एकै परिवारका सदस्यहरूमाथि हँसिया प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय चन्द्रबहादुर पुनकी ४५ वर्षीया श्रीमती बीमा पुनमगर रहेकी छन्। हँसिया प्रहारबाट गम्भीर घाइते भएकी उनको मृत्यु भएको वडाध्यक्ष केहेरसिंह कठायतले जानकारी दिए।

स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान करिब ५ बजे पुन परिवारका सदस्यहरू सुतिरहेको अवस्थामा घरमै पुगेर अन्धाधुन्ध हँसिया प्रहार गरेका थिए। आक्रमणबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।

घटनामा चन्द्रबहादुरकी २५ वर्षीया भाइबुहारी महेसरा पुन, २० वर्षीया छोरी लक्ष्मी पुन, २३ वर्षीया छोरी तिला पुनमगर र तिलाकी चार महिनाकी छोरी घाइते भएका छन्। घाइतेमध्ये महेसराका दुवै हत्केला छिनिएको वडाध्यक्ष कठायतले बताए।
घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

हँसिया प्रहार गर्ने रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित र आरोपित पक्षबीच यसअघि कुनै रिसइबी वा विवाद नरहेको पाइएको छ। आरोपितको मानसिक अवस्था सन्तुलित नरहेको स्थानीयको भनाइ रहे पनि यसबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार