आपसी सद्भाव र पार्टी संगठन विस्तारमा जुट्न कांग्रेस कर्णाली प्रदेश सभापति शाहीको आह्वान

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति तथा राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले चाडपर्वहरूले समाजमा आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता बलियो बनाउन मद्दत पुग्ने बताएका छन्। नेपाली कांग्रेस जुम्ला प्रदेश सभा (ख) कार्यसमितिले आयोजना गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका सुखदुःखमा सधैं साथ रहने गरी संगठनलाई तल्लो तहसम्म […]
साझा सपना, फरक मिति : एउटै कोठाको तयारीबाट अधिकृत बनेका तीन साथी

एउटै कोठा, साझा सपना र तीन फरक मितिमा प्राप्त सफलता। लोकसेवा अरूलाई पछाडि पार्ने प्रतिस्पर्धा मात्र होइन, साथीको हात समातेर सँगै गन्तव्यमा पुग्ने सहयात्रा पनि हो भन्ने उदाहरण हुन् दिपेन्द्र, केशव र प्रकाश। सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानको एउटा कुनामा समीको छहारी थियो। मध्याह्नको चर्को घाम छल्दै तीन जना युवा त्यही छहारीमुनि भुइँमा बसेर कापीका पानाहरू […]
दैलेखमा सुतिरहेको परिवारमाथि हँसिया प्रहार : एक महिलाको मृत्यु, चार घाइते

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान सुतिरहेको एकै परिवारका सदस्यहरूमाथि हँसिया प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय चन्द्रबहादुर पुनकी ४५ वर्षीया श्रीमती बीमा पुनमगर रहेकी छन्। हँसिया प्रहारबाट गम्भीर घाइते भएकी उनको मृत्यु भएको वडाध्यक्ष केहेरसिंह कठायतले जानकारी दिए। स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले […]
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँच जना घाइते, आरोपित पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–४, धनकोटमा धारिलो हतियार (हँसिया) प्रहार गरी एकै परिवारका पाँच जनालाई घाइते बनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कात्तिक २२ गते बिहान करिब ५ बजे रावत स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार तथा कुटपिट गरेका थिए। आक्रमणबाट चन्द्रबहादुरकी […]
स्थानीय तहमा निर्माण हुने पूर्वाधार योजनालाई जीविकोपार्जनमा जोड्ने उपायहरू

पूर्वाधार विकासको सफलता सडक, पुल र भवन निर्माणमा मात्र मापन हुँदैन। त्यसले स्थानीय नागरिकको रोजगारी, उत्पादन, आम्दानी र जीवनस्तरमा कति सकारात्मक परिवर्तन ल्यायो भन्ने आधारमा मापन हुनुपर्छ। नेपालको संविधानले स्थानीय तहलाई विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको महत्वपूर्ण जिम्मेवारी दिएको छ। नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तहले स्थानीय आवश्यकता, स्रोतसाधन, सम्भावना र समस्यालाई तुलनात्मक […]
जुम्लामा बोलेरो जीप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१, चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगंगा गाउँपालिका–१ स्थायी घर भई हाल विवाह गरेर कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका […]
बिदाको एक दिन, सिकाइका हजार पाठ

बालबालिकालाई सिकाउन सधैँ किताब र कक्षाकोठा नै चाहिँदैन; कहिलेकाहीँ एउटा खुला खेत, एक हल गोरु, माटोको सुगन्ध र उनीहरूसँगै हिँडेर संवाद गर्ने धैर्यवान् अभिभावक भए मनमा सिकाइका हजारौँ बीउ अंकुराउँछन्। दसैँ–तिहारको लामो बिदा। सधैँझैँ यसपालि पनि घरका दुई साना नानीहरू आफ्नै संसारमा मस्त थिए, कहिले गल्लीमा गुच्चा खेल्ने, कहिले ब्याट-बल समातेर दौडिने, कहिले बाख्रा–गाईबस्तुको हेरचाहमा […]