आईतवार, २२ कार्तिक, २०८३

मुगुबाट जुम्ला आउँदै गरेको जीप दुर्घटना: सात जना घाइते एक जनको अवस्था गम्भीर


​
मुगुबाट जुम्लातर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार क १ ज ००५४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त जीपमा चालकसहित १६ जना सवार रहेका थिए।

​दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

​दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार