शनिबार, १ कार्तिक, २०८३

जुम्लामा करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगियो


​
पातारासी गाउँपालिकामा विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक प्राविधिक कर्मचारी गम्भीर घाइते भएका छन्। पातारासी गाउँपालिका–१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्‍याइएको हो।

​गत बुधबार पातारासी–१ स्थित वडा कार्यालयनजिकै स्थानीय विद्युत् लाइन जोड्ने क्रममा अचानक करेन्ट लाग्दा ऐडी पोलबाट तल खसेका थिए। पोलबाट खस्दा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने उनको अवस्था हाल बोल्नसमेत नसक्ने रहेको छ।

​दुर्घटनालगत्तै उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिए पनि थप जटिल उपचार आवश्यक परेपछि उनलाई नेपालगन्ज ‘रेफर’ गरिएको हो।

​ऐडीलाई शुक्रबार दिउँसो ३ बजेर ४७ मिनेटमा नेपाली सेनाको ‘एनए ०६५’ नम्बरको हेलिकोप्टरमार्फत उद्धार गरी साँझ ४ बजेर १७ मिनेटमा नेपालगन्ज पुर्‍याइएको थियो। हाल उनको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार