मंगलवार, २७ आश्विन, २०८३

लक्ष्मणबहादुर शाहीको पुस्तक ‘आधा अध्याय’ बुधबार सार्वजनिक गरिँदै

​हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले लेखेको पुस्तक ‘आधा अध्याय’ यही असोज २८ गते बुधबार सार्वजनिक गरिने भएको छ। काठमाडौँको नक्साल, हात्तिसारस्थित अरण्य बुटिक होटलमा बिहान ९ बजे एक विशेष समारोहबीच पुस्तकको लोकार्पण हुन लागेको हो।

​उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित भई पुस्तक लोकार्पण गर्ने कार्यक्रम तय भएको छ।

​लेखक शाहीका अनुसार ‘आधा अध्याय’ केवल व्यक्तिगत जीवनयात्राको अभिव्यक्ति मात्र नभई समसामयिक समय, समाज र जीवनका विविध आयामलाई बुझ्ने र प्रस्तुत गर्ने प्रयास हो।

​समारोहमा विभिन्न राजनीतिकर्मी, साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

पुस्तकको प्रकाशन कुटीरो रिसर्च सेन्टरले गर्न लागेको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार