शुक्रबार, २९ जेष्ठ, २०८३

फेसबुकमा विश्वव्यापी अवरोध

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा शुक्रबार अचानक प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन् । फेसबुकमा पहुँच नहुने, सामग्री लोड नहुने तथा लगइनसम्बन्धी समस्या देखिएको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् ।

सेवा अवरुद्ध भएपछि समस्या निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टर मा एकैपटक ठूलो सङ्ख्यामा गुनासो दर्ता भएका थिए । अत्यधिक ट्राफिकका कारण उक्त वेबसाइटसमेत केही समय प्रभावित भएको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार फेसबुकको मातृ कम्पनी मेटाअन्तर्गत सञ्चालित इन्स्टाग्राम र थ्रेड्समा पनि समान प्रकारका समस्या देखिएका छन् । यसले समस्या फेसबुकमा मात्र सीमित नभई मेटाको समग्र सेवा प्रणालीसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ७:३० बजेसम्म डाउन डिटेक्टरमा ४० हजारभन्दा बढी समस्या सम्बन्धी प्रतिवेदन दर्ता भएका छन् । यद्यपि, सेवा अवरुद्ध हुनुको कारण र सेवा पूर्ण रूपमा कहिले सञ्चालनमा फर्किने भन्ने विषयमा मेटाले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

यसबीच सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अन्य प्लेटफर्ममार्फत फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा देखिएको समस्याबारे जानकारी आदानप्रदान गरिरहेका छन् ।

मेटाका सेवाहरूमा यस प्रकारको व्यापक अवरोध विरलै देखिने भएकाले प्राविधिक क्षेत्रका जानकारहरूले यसलाई महत्त्वपूर्ण प्रणालीगत समस्या हुन सक्ने बताएका छन् । सेवा पुनः सञ्चालनमा आएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार