फेसबुकमा विश्वव्यापी अवरोध

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा शुक्रबार अचानक प्राविधिक समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन् । फेसबुकमा पहुँच नहुने, सामग्री लोड नहुने तथा लगइनसम्बन्धी समस्या देखिएको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । सेवा अवरुद्ध भएपछि समस्या निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टर मा एकैपटक ठूलो सङ्ख्यामा गुनासो दर्ता भएका थिए । अत्यधिक ट्राफिकका […]
जुम्लामा चरेशसहित चार जना पक्राउ

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित नाईकेमूल धर्मशालाबाट चरेशसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार दिउँसो करिब ३ बजे लागुऔषध सेवन गरिरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक लालबहादुर रोकायाको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० का १९ वर्षीय तपेन्द्र विष्ट, वडा नं. ५ […]
जुम्लामा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण अभियानबारे अन्तरक्रिया

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाको पोषण अवस्था, कुपोषणका चुनौती तथा विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे छलफल गरिएको थियो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लाको पोषण अवस्था, विषादीयुक्त खाद्यान्नको प्रभाव तथा न्यूनीकरणका उपायबारे प्रस्तुति दिएका थिए। कृषि […]
जुम्लामा डिएसपी दाहालको लागूऔषध नियन्त्रण विरुद्ध आक्रामक अभियान

कर्णालीको दुर्गम जिल्ला जुम्लामा पछिल्ला केही सातायता प्रहरी गतिविधिमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाको नेतृत्व सम्हाल्न जेठ ११ गते आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले छोटो समयमै शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषधविरुद्ध अभियान, सामुदायिक साझेदारी र सेवा प्रवाह सुधारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरी संगठनप्रति जनविश्वास बढाउने प्रयास गरेका […]





