बुधबार, १२ कार्तिक, २०८३

गुठिचौरमा प्रदेशस्तरीय वडा कप भलिबल हुने, विजेतालाई २ लाख पुरस्कार


जुम्लाको गुठिचौर गाउँपालिका–१, मनिसाँगुमा कर्णाली प्रदेश पालिका स्तरीय ‘दोस्रो वडा कप भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ।

स्थानीय स्तरमा खेलकुदको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गुठिचौर गाउँपालिका वडा नम्बर १ को आयोजनामा कात्तिक १३ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।

​प्रतियोगितामा कर्णाली प्रदेशभित्रका विभिन्न पालिकाका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद २ लाख रुपैयाँ र द्वितीय पुरस्कार १ लाख रुपैयाँ तोकिएको छ।

उक्त पुरस्कार रकम भ्याट सहितको भएकाले नियमानुसार सरकारी कर कट्टी गरी वितरण गरिने वडा कार्यालयले जनाएको छ।

​गुठिचौर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अर्जुन कुमार महताराका अनुसार ग्रामीण भेगमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्न र प्रदेशभरिका खेलाडीहरूबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्न वडा कपलाई निरन्तरता दिइएको हो।

​प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि आगामी कात्तिक १३ गते बिहान १० बजेसम्म दर्ता समय निर्धारण गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार