बुधबार, १२ कार्तिक, २०८३

सीमान्त साहित्य सम्मेलन : जुम्लाबाट उठेको पहिचानको आवाज

सीमान्तको साहित्य भावुकता होइन; यो भोगाइबाट जन्मिएको चेतना, यथार्थले निर्माण गरेको सौन्दर्य र परिवर्तनको आवाज हो। जहाँ सङ्घर्ष र अभाव छ, त्यहाँ पहिचानको प्रतीक्षा गरिरहेको जीवन्त साहित्य बाँचेको हुन्छ। ​भौगोलिक विकटता र अनेकौँ चुनौतीका बाबजुद जुम्लामा सम्पन्न ‘सीमान्त साहित्य सम्मेलन’ नेपाली साहित्यको वृत्तमा एउटा विशिष्ट र अर्थपूर्ण परिघटना बनेको छ। आयोजक समूह कुटिरो रिसर्च सेन्टरले […]

गुठिचौरमा प्रदेशस्तरीय वडा कप भलिबल हुने, विजेतालाई २ लाख पुरस्कार

जुम्लाको गुठिचौर गाउँपालिका–१, मनिसाँगुमा कर्णाली प्रदेश पालिका स्तरीय ‘दोस्रो वडा कप भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गुठिचौर गाउँपालिका वडा नम्बर १ को आयोजनामा कात्तिक १३ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो। ​प्रतियोगितामा कर्णाली प्रदेशभित्रका विभिन्न पालिकाका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम […]

ताजा समाचार