बिहीबार, ७ श्रावण, २०८३

डा. नवराज केसीको स्वस्पर्शलाई पारिजात कृतिसम्मान

पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा. नवराज केसीद्वारा लिखित निबन्ध कृति ‘स्वस्पर्श’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस वर्षदेखि पारिजातको साहित्यिक योगदानको स्मरणस्वरूप ‘पारिजात कृतिसम्मान’ प्रदान गर्न थालिएको हो।

सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो। छनोटमा आख्यान विधातर्फ अर्चना थापाको अग्निगर्भ, केशवराज जवालीको अज्ञात, दीप दाहालको विजयीनी, श्रवण मुकारुङको सलह र नवीन अभिलाषीको दहाड रहेका थिए।

निबन्ध विधातर्फ स्वस्पर्श (डा. नवराज केसी) र मध्यको उज्यालो (भूपिन) तथा कविता विधातर्फ रिमा केसीको बगावतनामा छनोटमा परेका थिए।

ती कृतिमाथि गहन अध्ययन, मूल्यांकन र छलफलपछि छनोट समितिले स्वस्पर्श लाई ‘पारिजात कृतिसम्मान २०८२’ का लागि सिफारिस गरेको थियो। समितिको सिफारिसका आधारमा केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सम्मान आगामी साउन १० गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार