शुक्रबार, २६ असार, २०८३

जुम्लामा चरेशसहित चार जना पक्राउ

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित नाईकेमूल धर्मशालाबाट चरेशसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार दिउँसो करिब ३ बजे लागुऔषध सेवन गरिरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक लालबहादुर रोकायाको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० का १९ वर्षीय तपेन्द्र विष्ट, वडा नं. ५ का २० वर्षीय पुष्कर बुढा, वडा नं. ६ का २४ वर्षीय ओमकार गहतराज र वडा नं. ५ का २५ वर्षीय निरज लामा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट बरामद गरेको चरेशजस्तो देखिने कालो पदार्थ परीक्षण गर्दा शुद्ध ७२० मिलिग्राम चरेश रहेको जनाएको छ। 

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार