आईतवार, २८ भाद्र, २०८३

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

सुर्खेतको लेकवेशी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०८३ भदौ २७ गते बिहान करिब ११ः४५ बजे लेकवेशीबाट भूतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो।

मोटरसाइकल लेकवेशी नगरपालिका–९ का १७ वर्षीय मनोज आचार्यले चलाएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी बुढाको सुरुमा माया नर्सिङ होममा उपचार गरिएको थियो। उनको शरीरमा बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था अचेत रहेको प्रहरीले जनाएको थियो।

त्यसपछि थप उपचारका लागि भदौ २७ गते दिउँसो १२ः३० बजे कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पठाइएको थियो। त्यहाँबाट दिउँसो १ः३० बजे थप उपचारका लागि नेपालगन्जस्थित नरसिंह होममा रिफर गरिएको थियो।

उपचारकै क्रममा भदौ २८ गते बिहान ७ः२० बजे आशा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय लेकवेशीको नियन्त्रणमा रहेको छ भने चालक मनोज आचार्य जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार