बुधबार, १७ असार, २०८३

सिंजामा अपाङ्गता भएका व्यक्तिलाई झोला र चप्पल वितरण

जुम्लाको सिंजा गाउँपालिका–५ ले लक्षित वर्गको बजेटअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई झोला तथा चप्पल वितरण गरेको छ।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर रोकायको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर रोकायले लक्षित वर्गको बजेटलाई वास्तविक आवश्यकतामा केन्द्रित गर्दै अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता पुर्‍याउने उद्देश्यले झोला र चप्पल वितरण गरिएको बताए।

उनले स्थानीय सरकारले सबै नागरिकप्रति समान उत्तरदायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। वितरण गरिएका झोला र चप्पलबाट वडा क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सिंजा गाउँपालिका–५ ले लक्षित वर्गका नागरिकको आवश्यकता पहिचान गरी उनीहरूको जीवनस्तर सुधार तथा सामाजिक सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार