बुधबार, १७ असार, २०८३

एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल फेला, अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा

जुम्लाको तिला गाउँपालिका–१ रारालिही बजारस्थित नाग्म–जुम्ला सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा एउटै नम्बर प्लेट प्रयोग गरिएका दुईवटा मोटरसाइकल फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार बिहान करिब ८:३० बजे प्रहरी चौकी रारालिही र अस्थायी ट्राफिक प्रहरी पोष्ट रारालिहीबाट खटिएको संयुक्त टोलीले सवारी साधन जाँच गर्ने क्रममा नाग्मबाट जुम्लातर्फ आउँदै गरेका टिभिएस १५० सिसी र […]

जुम्ला कर्णालीकै चौथो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

जुम्ला कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाका सबै आठवटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न गरेपछि सोमबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ […]

हिमाको पढाइ मेला : शिक्षामा स्थानीय सरकारको सहकार्य र उत्तरदायित्व

शिक्षा पाठ्यपुस्तकमा सीमित विषय मात्रै होइन, समाज परिवर्तनको आधार पनि हो भन्ने सन्देश हिमा गाउँपालिकाले आयोजना गरेको चौथो पढाइ मेलाले स्थापित गरेको छ। विद्यार्थीको प्रतिभा, शिक्षकको समर्पण, अभिभावकको विश्वास र स्थानीय सरकारको प्रतिबद्धता एकै थलोमा भेटिएको यो मेला प्रतिस्पर्धाको कार्यक्रम नभई सामुदायिक शिक्षाको साझा उत्सव बनेर उभियो। मेलाको समापन समारोहमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले […]

सरकारको दोहोरो चरित्रः एउटा जुवालाई प्रतिबन्ध, अर्कोलाई लाइसेन्स !

सरकारले त नागरिकको सुरक्षा गर्नुपर्ने हो । उनीहरुको धनसम्पत्तिको सुरक्षा गर्नुपर्ने हो । दुर्भाग्य यहाँ त सरकार आफै जनतालाई मर्न बाध्य बनाउँदैछ । उनीहरुको जायजेथा खोस्दैछ । हुन त सत्तामा रहेकाहरु पनि सेयरका महाखेलाडी हुन् । हजारौंले हारेर एक जना जित्नु वा मालामाल हुनु हो जुवा । कानूनले जुवातास खेल्न र खेलाउन बर्जित गरेको छ […]

सिंजामा अपाङ्गता भएका व्यक्तिलाई झोला र चप्पल वितरण

जुम्लाको सिंजा गाउँपालिका–५ ले लक्षित वर्गको बजेटअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई झोला तथा चप्पल वितरण गरेको छ। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर रोकायको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर रोकायले लक्षित वर्गको बजेटलाई वास्तविक आवश्यकतामा केन्द्रित गर्दै अपाङ्गता भएका व्यक्तिहरूको दैनिक […]

ताजा समाचार