शनिबार, १३ असार, २०८३

कृषि विकास बैंकको कर्जा नतिर्ने ऋणीको धितो लिलाम हुन सक्ने : समयमै सम्पर्क गरे ब्याज छुटको लाभ लिन सकिने

कृषि विकास बैंक लिमिटेडले लामो समयदेखि कर्जा चुक्ता नगर्ने ऋणी, फर्म तथा जमानतकर्ताविरुद्ध कानुनी प्रक्रिया तीव्र बनाएको छ। बैंकको कर्णाली प्रदेश कार्यालय, सुर्खेत तथा कर्जा असुली तथा संकलन विभाग, मुख्य कार्यालय काठमाडौँले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै जुम्लाका विभिन्न व्यक्ति र व्यवसायिक फर्मलाई ३५ दिनभित्र बक्यौता तिर्न अन्तिम अवसर दिएको हो।

​अन्यथा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने, धितो लिलाम गर्ने तथा थप कानुनी कारबाही अघि बढाइने बैंकका शाखा प्रबन्धक गणेश अधिकारीले बताए। साथै लिलाम बढाबढमा भाग लिइ धितोमा रहेको घर जग्गा सकार /खरिद गरि लिन चाहने व्यक्ति वा संस्थाले रकम नपुग भएमा बैंकले ५०% सम्म लगानी गर्न सक्नेछ ।

​उनका अनुसार यसअघि २१ दिने सूचना प्रकाशित गर्दा, मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋणीहरूले कर्जा चुक्ता नगरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७, नेपाल राष्ट्र बैंकको कालोसूची सम्बन्धी निर्देशन तथा कृषि विकास बैंकको कर्जा असुली कार्यविधिअनुसार अन्तिम ३५ दिने सूचना जारी गरिएको हो।

​१. कालोसूचीमा राखिने व्यक्तिगत ऋणी तथा व्यवसायिक फर्महरू

​क) व्यक्तिगत ऋणीहरू:
​१. खुम्बीलाल कुँवर
​ठेगाना: कार्तिकस्वामी–८, जुम्ला | पिता: देवीलाल कुँवर | बाजे: तुलवीर कुँवर
​कर्जाको उद्देश्य: व्यापार | लिएको सावाँ: रु. ९,५०,००० | ब्याज (२०८१/०२/१४ सम्म): रु. ५,६०,३०४ | जम्मा तिर्नुपर्ने रकम: रु. १५,१०,३०४

​२. नन्द प्रसाद आचार्य
​ठेगाना: देपालगाउँ–६, जुम्ला | पिता: कृष्ण प्रसाद आचार्य | बाजे: कालो आचार्य
​कर्जाको उद्देश्य: सरल कृषि कर्जा | सावाँ: रु. ९,५०,००० | ब्याज: रु. ५,२९,५७३ | जम्मा रकम: रु. १४,७९,५७३

​३. गोरख बहादुर खत्री
​ठेगाना: चन्दननाथ–४, जुम्ला | पिता: पूरीनाथ खत्री | बाजे: बिश्वरुप खत्री
​कर्जाको उद्देश्य: व्यापार | सावाँ: रु. १०,००,००० | ब्याज: रु. ३२,५८,६७४ | जम्मा रकम: रु. ६२,५८,६७४

​ख) व्यवसायिक फर्महरू:
​४. जिवन देउती जनरल स्टोर
​ठेगाना: चन्दननाथ–८, जुम्ला | प्रोप्राइटर: डुगे साकी | कर्जाको उद्देश्य: व्यापार कर्जा | सावाँ: रु. १०,००,००० | ब्याज: रु. १,५६,८१७ | जम्मा रकम: रु. ११,५६,८१७

​५. न्यु प्रविश खाजा घर
​ठेगाना: चन्दननाथ–४, जुम्ला | प्रोप्राइटर: टेक बहादुर हमाल (देबकोटा) | कर्जाको उद्देश्य: व्यापार कर्जा | सावाँ: रु. १०,००,००० | ब्याज: रु. ८,४७,७७०.११ | जम्मा रकम: रु. १८,४७,७७०.११

​६. राम लक्ष्मण इलेक्ट्रोनिक्स सेन्टर
​ठेगाना: तातोपानी–४, जुम्ला | प्रोप्राइटर: गणेश बुढा | कर्जाको उद्देश्य: व्यापार कर्जा | सावाँ: रु. २४,९५,५५१ | ब्याज: रु. ३७,७२,४७८ | जम्मा रकम: रु. ६२,६८,०२९

​२. धितो लिलामी प्रक्रिया र ऋणीहरूको विस्तृत विवरण

​बैंकको कर्जा असुली तथा संकलन विभाग, मुख्य कार्यालय काठमाडौँले शाखा कार्यालय जुम्लाअन्तर्गतका ऋणीहरूको धितोमा रहेका चल–अचल सम्पत्ति डाँक बढाबढमार्फत बिक्री गर्न छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेको छ। बैंकले २०८१ असार २१ गते र २०८१ असार २२ गते गरी दुई दिन लिलामी प्रक्रिया सञ्चालन गर्नेछ।

​समूह ‘क’: मिति २०८१ असार २२ गते लिलाम हुने धितोहरू
​(स्थान: कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जुम्ला)

​१. कार्तिकस्वामि कुटानी पिसानी मिल
​प्रोप्राइटर: राधा कुमारी न्यौपाने | ठेगाना: कार्तिकस्वामी–७, जुम्ला
​धितोदाता: विष्णुचन्द्र न्यौपाने | धितोका कित्ता नम्बर: ३३, २१६, २९८ र ५७३ (कार्तिकस्वामी वडा नं. ४ र ९)
​व्यक्तिगत जमानतकर्ता: विष्णुचन्द्र न्यौपाने र राधा कुमारी न्यौपाने

​२. खुम्बीलाल कुँवर
​ठेगाना: कार्तिकस्वामी–८, जुम्ला | लिएको कर्जा (सावाँ): रु. ९,५०,००० | ब्याज: रु. ५,६०,३०४
​धितोदाता: देवीलाल कुँवर | धितोका कित्ता नम्बर: ८७, ८९, १२१, १२२, ९२, १९८, २०७, १७३, २४७, २५५ र २६३
​जमानतकर्ता: देवीलाल कुँवर

​३. बागेश्वरी फेन्सी स्टोर एण्ड अर्डर सप्लायर्स
​प्रोप्राइटर: विष्णुदत्त चौलागाईं | ठेगाना: लाम्रा–५, जुम्ला
​धितोदाता: देवीलाल चौलागाईं | धितोका कित्ता नम्बर: ३३४, ९७, ३७० र ९९२ (स्थान: नाध्म र तातोपानी)
​जमानतकर्ता: देवीलाल चौलागाईं र योगेश्वरी चौलागाईं

​४. भुपेन्द्र बहादुर शाही
​ठेगाना: जुम्ला | धितोदाता: भुपेन्द्र बहादुर शाही
​धितोका कित्ता नम्बर: १९९, २३९ र १२५ (स्थान: कुडारी–२)

​५. मन्न बहादुर थापा
ठेगाना: महत ८, उमखला
​पिता: साउने थापा | बाजे: भोते थापा | धितोदाता: लालभरी थापा
​धितोका कित्ता नम्बरहरू: ७ ख (१५, १०३, २०८, २३२, ६१२), ४ ख (३४७, ३१२, ३०२, ५७१, ५७५, ५७६, १२४), ८ (७४, १४२, १४४, १६८, २६२, ४६०), ८ ख (७७, ९२, २४१), ८ घ (३०१), ८ ट (१५१, १६३)
​जमानतकर्ता: लालभरी थापा

​समूह ‘ख’: मिति २०८१ असार २१ गते लिलाम हुने थप धितोहरू
​(स्थान: कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जुम्ला)


​६. प्रविन एण्ड आराधना जनरल स्टोर: प्रोप्राइटर भुवन सिंह रावल (चन्दननाथ-९), जग्गाधनी भुवन सिंह रावल (मात वडा नं. ७, ६, ९ का कित्ताहरू)।

​७. रत्न बाख्रा पालन उद्योग: प्रोप्राइटर रत्न बहादुर बम (चन्दननाथ-७), जग्गाधनी रत्न बहादुर बंम (महत वडा नं. ८ का कित्ताहरू)।

​८. शक्ति सिंह रावल: ठेगाना महत-८, जुम्ला (बाबु: श्रीराम रावल), जग्गाधनी शक्ति सिंह रावल (महतगाउँ-८ का कित्ताहरू)।

​९. देवकोटा जनरल स्टोर एण्ड काठरी पसल: प्रोप्राइटर : हरी प्रसाद देवकोटा (चन्दननाथ-०१), जग्गाधनी हरी प्रसाद देवकोटा (गठ्याचौर वडा नं. १, ९, ८ का कित्ताहरू)।

​१०. कृति सिंह जि.सी.: ठेगाना कनकासुन्दरी-३, जुम्ला (बाबु: पूर्ण बहादुर घर्ती), जग्गाधनी कृति सिंह जि.सी. (चन्दननाथ वडा नं. २ का कित्ताहरू)।

​११. तिर्थराज खत्री: ठेगाना महत-८, जुम्ला (बाबु: डम्बर बहादुर के.सी.), जग्गाधनी तिर्थराज खत्री (महत वडा नं. ५ र ९ का कित्ताहरू)।

​१२. जिवन देउती जनरल स्टोर: प्रोप्राइटर डंगे सार्कि (देपालगाउँ-३), जग्गाधनी डंगे सार्कि (देपालगाउँ वडा नं. २ र ३ का कित्ताहरू)।

​१३. नन्द प्रसाद आचार्य: ठेगाना गुठिचौर-७ (बाबु: कृष्ण प्रसाद आचार्य), जग्गाधनी कृष्ण प्रसाद आचार्य (देपालगाउँ वडा नं. ७ का कित्ताहरू)।

​१४. लक्ष्मी बहादुर महत: ठेगाना महत-५ (बाबु: वृष बहादुर महत), जग्गाधनी लक्ष्मी बहादुर महत (महत वडा नं. ४, ५, ३, ९ का कित्ताहरू)।

​१५. हिमारूद आचार्य: ठेगाना गुठिचौर-७ (बाबु: कृष्ण प्रसाद आचार्य), जग्गाधनी कृष्ण प्रसाद आचार्य (देपालगाउँ वडा नं. ७ का कित्ताहरू)।

​१६. हर्क सार्की: ठेगाना गर्ज्याङकोट-६ (बाबु: भादुरे सार्की), जग्गाधनी हर्क सार्की (गर्ज्याङकोट वडा नं. ५, ६, ७, ८ का कित्ताहरू)।

​३. लिलाम प्रक्रियाका शर्तहरू
​प्रबन्धक अधिकारीका अनुसार बैंकले लिलाम प्रक्रियाका लागि स्पष्ट कानूनी शर्तहरू सार्वजनिक गरेको छ:

​सार्वजनिक बिदा परेमा लिलाम कार्य बैंक खुलेको लगत्तैको दिन सोही समयमा हुनेछ। ​डाँक बढाबढमा कमतीमा ३ (तीन) जना व्यक्ति वा संस्थाहरूले भाग लिएको हुनुपर्नेछ।

​बोलकबोल गर्नेले आफूले बोलेको अङ्कको न्यूनतम १० प्रतिशत रकम धरौटीबापत बैंकको शाखा कार्यालय जुम्लामा जम्मा गर्नुपर्नेछ। ​लिलाम सकार गर्नेले लिलाम सदर भएको ७ (सात) दिनभित्र बाँकी सम्पूर्ण रकम बुझाउनुपर्नेछ। समयमै रकम नबुझाए धरौटी जफत हुनेछ। ​डाँक बढाबढको सुरुवात अंक चल-अचल सम्पत्तिको मूल्याङ्कनबाट सुरु गरिनेछ। ​

लिलाम सकार गरेपछि नामसारी वा दर्ता खारेजी गर्दा लाग्ने कागजात वा स्वामित्व हस्तान्तरणका सम्पूर्ण सरकारी कर, दस्तुर, मालपोत, रजिष्ट्रेशन दस्तुर आदि सबै रकम बोलकबोल गर्ने (सकार गर्ने) आफैँले व्यहोर्नुपर्नेछ।

त्यस्तै ​लिलाम स्वीकृत गर्ने, नगर्ने वा स्थगित गर्ने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ।

​बैंकले ३५ दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्न सम्बन्धित सबै ऋणी, फर्म तथा जमानतकर्तालाई अन्तिम आग्रह गरेको छ। तोकिएको अवधिभित्र कर्जा नतिरे उनीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश हुने र सम्पत्ति लिलाम हुनेछ।

तर, लिलाम प्रक्रिया सुरु हुन अगावै बैंकको सम्पर्कमा आएर कर्जा बुझाएमा ऋणीहरूले नियमानुसार ब्याज छुट पाउने अवसर समेत रहेको बैंकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार