बुधबार, २ मंसिर, २०८३

पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा जुम्लाका नरबहादुर घर्ती निर्विरोध

पेशागत बीमा अभिकर्ता संघ, बीमक केन्द्रीय समिति, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको चौथो एकता महाधिवेशनबाट नरबहादुर घर्तीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

​महाधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा देवी तिउसिना चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षहरूमा खड्क बहादुर बिष्ट, गणेश प्रसाद साह, अमन श्रेष्ठ, सुन्दर शर्मा, नवराज गौतम, छाया बहादुर खत्री र राम बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

​नवगठित कार्यसमितिको सचिवमा प्रकाश गैरे र कोषाध्यक्षमा रमेश कुमार लामिछाने चयन भएका छन् । यस्तै, सह–सचिवमा कोपिला बस्नेत, अरुण कुमार बज्रचार्य र नमराज क्षेत्री तथा सह–कोषाध्यक्षमा नानुमैया खड्का चुनिएका छन् ।

​केन्द्रीय सदस्यहरूमा सूजित शर्मा, पुरुषोत्तम पौडेल, बिन्दु कुमार श्रेष्ठ, बुद्धि बहादुर अर्याल, ईश्वर बहादुर थापा, कल्पना खड्का, अर्जुन पाण्डे, पूर्ण कला रिजाल, विष्णु कुमार नेपाली र गोपाल बहादुर नेपाली रहेका छन् ।

त्यस्तै, सुरेन्द्र यादव, खुम बहादुर रोक्का, दीपक कुमार पासी, चोक बहादुर भण्डारी, किशोरी पञ्जियार, पुरन हितङ्गा, हरेन्द्र पटेल, डम्बर सिंह धामी, शंकर गुप्ता र सन्तोषी महत्तो पनि सदस्यमा चयन भएका छन् ।

​नवनिर्वाचित उपाध्यक्ष छाया बहादुर खत्रीले सर्वसम्मत नेतृत्व चयन हुनु संगठनभित्रको आपसी एकता, विश्वास र सहकार्यको उदाहरण भएको बताएका छन् ।

नयाँ नेतृत्वले सम्पूर्ण बीमा अभिकर्ताहरूको हकहित, अधिकार, पेशागत सुरक्षा, सम्मान तथा संगठनको संस्थागत विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार