बुधबार, २ मंसिर, २०८३

पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ द्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

श्रेष्ठको यो घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।

यद्यपि, उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा कुनै राजनीतिक दलको समर्थनमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्ने विषयमा भने आफ्नो घोषणामा खुलाएकी छैनन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार