शुक्रबार, १६ आश्विन, २०८३

चट्याङले गम्भीर घाइते मया भण्डारी आर्थिक अभावले जीवन मरणको दोसाँधमा

जुम्लाको गुठिचौर गाउँपालिका निवासी मया भण्डारी चट्याङ लागेर गम्भीर घाइते भएपछि परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ।

चट्याङ लागेर शरीरको अधिकांश भाग जलेपछि गम्भीर घाइते भएकी भण्डारीलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको हो। हाल उनको लखनउस्थित अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।

चट्याङबाट शरीरका विभिन्न भागमा गम्भीर असर परेकाले उपचार जटिल र लामो हुने चिकित्सकले बताएको परिवारको भनाइ छ। उपचारका क्रममा अहिलेसम्म ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि आवश्यक रकम जुटाउन समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको हो।

भण्डारीको उपचारमा सहयोग जुटाउन परिवारले ‘मया भण्डारी बचाउ अभियान’ सञ्चालन गरेको छ। उनका छोरा सुशील भण्डारीले आमाको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली, आफन्त, शुभचिन्तक तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्।

‘उपचारमा ठूलो रकम खर्च भइसकेको छ। थप उपचारका लागि परिवारको आर्थिक क्षमताले मात्र धान्न कठिन भएको छ,’ सुशीलले भने, ‘सक्नेले आर्थिक सहयोग र नसक्नेले अभियानबारे अरूलाई जानकारी गराइदिन अनुरोध गर्दछौं।’
परिवारका अनुसार सहयोग गर्न चाहनेले सुशील भण्डारीको नाममा रहेको सिद्धार्थ बैंकको खातामा रकम जम्मा गर्न सक्नेछन्।

खाता विवरण खातावालाको नाम: सुशील भण्डारी (Sushil Bhandari)
बैंक: सिद्धार्थ बैंक (Siddhartha Bank)
खाता नम्बर: 55502029031
सम्पर्क: +91 8382-053139

परिवारले आर्थिक सहयोग गर्न नसक्नेहरूलाई समेत मया भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिदिन र उपचार सहयोग अभियानको सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिन आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार