बिहीबार, ८ आश्विन, २०८३

महाधिवेशन प्रतिनिधिमा सञ्जिव रावलको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जुम्लाबाट महाधिवेशन प्रतिनिधि पदमा सञ्जिव रावलले उम्मेदवारी घोषणा गरेका छन्। उनले युवा तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका हुन्।

रावलले आफ्नो उम्मेदवारीसँगै पार्टीमा युवा सहभागिता, नयाँ सोच र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले ‘युवा शक्ति, नयाँ सोच, समृद्ध कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारालाई अघि सारेका छन्।

आफ्नो उम्मेदवारीलाई समर्थन गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गर्दै रावलले माया, विश्वास, साथ र अमूल्य मतलाई आफ्नो उम्मेदवारीको मुख्य शक्ति भएको बताए।

“सबै प्रतिनिधि माया, विश्वास, साथ र अमूल्य मत नै मेरो उम्मेदवारीको सबैभन्दा ठूलो शक्ति हो। त्यसैले मेरो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज ३ गते तोकिएको थियो। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।

जुम्लामा पछिल्लो अधिवेशन प्रक्रियामा जुम्लाका वडाहरूमा अधिवेशन सम्पन्न भई क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ भने बुधबार सबै पालिकामा अधिवेशन भइसकेको जिल्ला सचिव लक्ष्मण बहादुर शाहीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार