नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनितका लागि तिला -६ का वडा अध्यक्ष जंगा रोकायाले उम्मेदवारी घोषणा गरेका छन्।
उनले युवाको सहभागिता, नवीन सोच र दृढ संकल्पसहित पार्टीको नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति आवश्यक रहेको सन्देश दिएका हुन्।
उम्मेदवारी सार्वजनिक गर्दै रोकायाले ‘तपाईंको माया, विश्वास मेरो’ भन्दै आफू स्वर्णिम सपना, नवीन विचार र दृढ संकल्पका साथ कांग्रेसजनमाझ उभिएको बताएका छन्।
उनले युवा पुस्ताको ऊर्जा, अनुभव र सिर्जनशीलतालाई पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक यात्रासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रोकायाले आफ्नो उम्मेदवारीलाई ३५ वर्षमुनिको नेतृत्वलाई प्राथमिकता दिने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार बदलिँदो राजनीतिक परिवेशमा युवाको सक्रिय सहभागिता र नयाँ विचारलाई पार्टीको निर्णय प्रक्रियामा स्थान दिनुपर्ने आवश्यकता छ।
















