बिहीबार, ४ भाद्र, २०८३

भाद्र ९ गतेदेखि जुम्लामा ‘लालीबजार’को च्यारिटी सो संचालन हुँदै

जुम्लामा चलचित्र ‘लालीबजार’को च्यारिटी सो भाद्र ९ गतेदेखि सञ्चालन हुने भएको छ। षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’ निर्देशक तथा पटकथाकार यम थापाको कथामा आधारित चलचित्र हो।

चलचित्रमा बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीबीचको सम्बन्ध, संघर्ष तथा सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा स्वस्तिमा खड्कासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, अभय बराल, मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा पौडेल र गोविन्द सुनारलगायत कलाकारको अभिनय रहेको छ। स्वस्तिमा खड्काले चलचित्रमा बादी महिला ‘मधुवाला’को भूमिका निर्वाह गरेकी छन्।भाद्र ९ गतेदेखि सञ्चालन हुने च्यारिटी सोमा सहभागी भएर चलचित्र हेर्न तथा सम्मेलनका लागि कलाकार गोविन्द सुनारले आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार