भ्रष्टाचारको रकमले विदेशमा सम्पत्ति, कारबाही कहिले?

भ्रष्टाचार र राजस्व छलिको रकमले छोराछोरीलाई विदेशमा घरजग्गा, गाडी किन्न लगाउने, नेपालमा बसेर धाक देखाउनेमाथि कहिले कारबाही हुन्छ, सरकार ? सन्तति अमेरिका, अस्ट्रेलिया, क्यानडा भएका अभिभावकहरु छरछिमेक, आफन्तहरुसँग भन्छन्ः मेरा छोराछोरीले उतै घरजग्गा, गाडी किनिसके । करोडौं कमाइसके । तीन–चार वर्षमै करोडौं कमाएको उनीहरु बताउँछन् । कसरी त्यत्रो पैसा कमायो ? खोजीनीति गर्नुको साटो यस्ता […]
अन्तर्वार्ता : जनताको सेवाका लागि घरदैलोमै पुग्छु : वडा अध्यक्ष नवराज शाही

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बिदाको दिनसमेत घरदैलोमै पुगेर सेवा प्रवाह गरिरहेका चन्दननाथ नगरपालिका -१० का वडा अध्यक्ष नवराज शाहीले जनप्रतिनिधि हुनुको जिम्मेवारी र जनताको अपेक्षाबीचको अन्तरसमेत खुलेर प्रस्तुत गरेका छन्। वडा नम्बर १० मा सडक, खानेपानी, सिँचाइ, कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधारका क्षेत्रमा भएका काम, उपलब्धि र चुनौतीबारे उनको मिश्रित प्रतिक्रिया छ। विशेषगरी […]
प्रदेश स्थापनाको एक दशक : विकेन्द्रीकृत बलिदानको लाभ सुर्खेतमा केन्द्रिकृत

प्रदेश बनेपछि कर्णालीले आफ्नै सरकार, मन्त्रालय, बजेट र नीति निर्माण गर्ने अधिकार पायो। तर प्रदेशभित्रै स्रोत, सत्ता, सरकारी संरचना र आर्थिक गतिविधि कहाँ केन्द्रित भए भन्ने प्रश्न गर्दा उत्तर धेरै हदसम्म सुर्खेतमा पुग्छ। कर्णाली प्रदेश स्थापना भएको एक दशक पुगेको छ। २०७२ भदौ ४ गते तत्कालीन ६ नम्बर प्रदेश घोषणा हुँदा यो केवल नयाँ प्रशासनिक […]
भाद्र ९ गतेदेखि जुम्लामा ‘लालीबजार’को च्यारिटी सो संचालन हुँदै

जुम्लामा चलचित्र ‘लालीबजार’को च्यारिटी सो भाद्र ९ गतेदेखि सञ्चालन हुने भएको छ। षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’ निर्देशक तथा पटकथाकार यम थापाको कथामा आधारित चलचित्र हो। चलचित्रमा बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीबीचको सम्बन्ध, संघर्ष तथा सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। चलचित्रमा स्वस्तिमा खड्कासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, अभय बराल, मुकुन्दकुमार श्रेष्ठ, प्रेम पाण्डे, आशा […]
पातारासी -१ महिनावारी विभेदमुक्त वडा : घोषणाबाट व्यवहार परिवर्तनको प्रतिबद्धता

पातारासी -१ गडीगाउँकी काली बुढा महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्। महिनावारी हुँदा आफूले समेत घट्ट र गोठमा बसेर दिन बिताएको अनुभव उनीसँग छ। तर, अब त्यो अभ्यासलाई निरन्तरता नदिने उनको प्रतिबद्धता छ। जुम्लाको पातारासी गाउँपालिका–१ का महिला तथा किशोरीहरू हातमा सचेतनामूलक सन्देश बोकेर सडकमा निस्किए। उनीहरूको आवाजमा एउटै आग्रह थियो, महिनावारीलाई लाज, घृणा र विभेदको […]
