सोमबार, २९ भाद्र, २०८३

जनकवि दुर्गालाल श्रेष्ठप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत श्रेष्ठका चर्चित पंक्ति उद्धृत गर्दै उहाँलाई सम्झिएका हुन्। उनले लेखेका छन्, ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल। मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल।’

त्यसपछि उनले श्रेष्ठको चर्चित सिर्जना ‘फुलको आँखामा फुलै संसार’ उल्लेख गर्दै जनकवि श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

श्रेष्ठले नेपाली साहित्य, गीत, कविता र सामाजिक चेतनाका क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै प्रधानमन्त्री शाहले उहाँले देखाएको मार्गमा निरन्तर अघि बढिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

‘उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली!’ प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा लेखेका छन्।

जनकवि श्रेष्ठका राष्ट्र, समाज, मानवता र जीवनबोधसँग जोडिएका सिर्जना नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा दीर्घकालसम्म स्मरणीय रहनेछन्।

उनका गीत, कविता र रचनाले नेपाली समाजमा सामाजिक चेतना, समानता र मानवीय संवेदनाको पक्षमा आवाज उठाउँदै आएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार