सुर्खेत प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराका अनुसार २०८२ असोज ३० गते राति करिब १० बजे सुर्खेतको चौकुने गाउँपालिका–६, गुटु विशाल बजारमा भएको घटनापछि फरार रहेका सिम्ता गाउँपालिका–६ निवासी २३ वर्षीय मिलन सुनार लाई पक्राउ गरिएको हो।
उक्त मुद्दाको अनुसन्धान तथा फरार प्रतिवादी खोजीका लागि प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) केदार थापाको कमाण्डमा खोजतलास समिति गठन गरिएको थियो। सोही टोलीले खोजतलासका क्रममा बुधबार (२०८३ साउन २० गते) दिउँसो २:१० बजे सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बाबियाचौर बजारबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















