जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराका अनुसार २०८२ असोज ३० गते राति करिब १० बजे सुर्खेतको चौकुने गाउँपालिका–६, गुटु विशाल बजारमा भएको घटनापछि फरार रहेका सिम्ता गाउँपालिका–६ निवासी २३ वर्षीय मिलन सुनार लाई पक्राउ गरिएको हो। उक्त मुद्दाको अनुसन्धान […]
मेरो देश

जहाँ आकाश झुक्छ धर्ती छुनसगरमाथा बादलभन्दा माथी उठ्छजहाँ नेपाली सास फेर्छ पबित्रउपत्यका कुहिरोले ढाकिएको छ। बागमती बग्छ पशुपतिनाथसँगैधुपको धुवाँ देवतातिर उड्छतिर्थ यात्री हिड्छन भक्तिभाव बाेकेरपत्थरका पुलहरु पार गर्दै । पोखरामा फेवा तालको छायाँती हिमालको प्रतिबिम्ब तालमा देखिन्छमाछापुच्छ्रेको हिउँले ढाकिएको शिखरआकास र धर्ती मौनता त्यहाँ मिलेर बस्छन् । शेर्पाको पाइला हिउँमा देखिन्छबसन्तमा डाँडाकाँडामा लालीगुराँस फुल्छयाकका धण्टिको […]
स्थापनाको १५ वर्षपछि कर्णालीले उत्पादन गर्यो चिकित्सक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो १५ वर्षे इतिहासमा पहिलो पटक एमबीबीएस अध्ययनरत पहिलो ब्याचका विद्यार्थीलाई इन्टर्नसिप (अनिवार्य चिकित्सकीय प्रशिक्षण) मा पठाएको छ। प्रतिष्ठानले यसलाई कर्णालीमै चिकित्सक उत्पादन गर्ने दीर्घकालीन सपनाको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ। प्रतिष्ठानका उपकुलपति प्रा. डा. सुर्यमान मेन्याङ्बोले यो सफलता कुनै एक व्यक्ति वा नेतृत्वको नभई डेढ दशकदेखि निरन्तर खटिएका सम्पूर्ण […]
मनसुन प्रभावित १३ परिवारलाई तातोपानी गाउँपालिकाद्वारा राहत वितरण

लगातारको वर्षासँगै आएको मनसुनजन्य विपदबाट प्रभावित तातोपानी गाउँपालिकाका १३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। स्थानीय विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिकाले आवश्यक दैनिक उपभोगका सामग्रीसहित राहत हस्तान्तरण गरेको हो। बुधबार गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समिति संयोजक नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्द, विपद् सम्पर्क व्यक्ति, जिन्सी शाखाका प्रतिनिधि […]
मनऋषि धितालले संचालन गरेको ‘२२२ खुला आँखा अभियान’ स्थगन

जेन जी आन्दोलन र २०८२ को आम निर्वाचनपश्चात् जुम्लामा विगत पाँच महिनादेखि सञ्चालित ‘२२२ खुला आँखा अभियान’ राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै हाललाई स्थगन गरिएको छ। निर्वाचनका बेला जनतासमक्ष गरिएका राजनीतिक वाचालाई सामाजिक रूपान्तरणमा बदल्ने उद्देश्यका साथ सुरु भएको यो अभियानले आफ्ना तोकिएका मुख्य लक्ष्यहरू पुरा गरेको छ। अभियानका संयोजक मनऋषि धितालका अनुसार यस अवधिमा जुम्लाका […]
दलालहरुको खेल बुझौं, सेयरमा लगानी गर्नुपूर्व सोचौं !

सेयरले मानिसको पुँजीमात्र सिधाइरहेको छैन, ज्यानैसमेत लिइरहेको छ । विडम्बना, राज्य मौन छ । सरकारले जुवातास गैरकानूनी मानेको छ । कोही कसैले जुवातास खेलेको पाइएमा प्रहरीले पक्रछ । जेल हालिन्छ । सेयर पनि जुवासरह हो । नेपाल राष्ट्र बैंकले केही वर्षअघि सुर्खेतको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो । त्यसअघि उक्त बैंकको सेयरको मूल्य ह्वात्तै […]
सेवा प्रवाहको विवरण सार्वजनिक गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) ले आफ्नो दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्दै प्रतिष्ठानमा केही समयअघि देखिएको औषधि आपूर्ति र प्रयोगशाला सेवासम्बन्धी समस्या पूर्ण रूपमा समाधान भएको जनाएको छ। प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अहिले सबै स्वास्थ्य सेवा नियमित, सहज र प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्। प्रतिष्ठानले श्रावण १८ गते दिउँसो ४ बजेसम्मको सेवा विवरण […]
सिँजामा घरमै सुत्केरी हुनेको संख्या शून्य: स्वास्थ्य संस्थामै सबै पहुँच

मंगलबार दिउँसो जुम्लाको आकाशमा बादल बाक्लिँदै थियो। पहाडी बाटोमा हतारिएका पाइला थिए। एउटा गर्भवती महिलालाई अस्पताल पुर्याउने प्रयास भइरहेका थिए। तर प्रसूति पीडाले कुनै समय तालिका मान्दैन। अस्पताल अझै टाढै थियो। बाटोमै एउटी महिलाले नवजात शिशुलाई जन्म दिइन्। केही मिनेटमै त्यो दृश्य मोबाइलको पर्दाबाट सामाजिक सञ्जालसम्म पुग्यो। भिडियो भाइरल बन्यो। कसैले राज्यको असफलता देखे, कसैले […]
सुर्खेतमा दुई अटो एकआपसमा ठोक्किँदा तीन जना घाइते, एक चालक फरार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बटला चोकस्थित भित्री सडकमा बुधबार राति दुई अटो एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार राति करिब ११:०० बजे पिपिराबाट नेवारेतर्फ जाँदै गरेको क.प्र.०२–००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.०२–००१ ह १२२४ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ०६७८ नम्बरको अटोमा सवार वीरेन्द्रनगर–१३ निवासी […]
