बिहीबार, २१ श्रावण, २०८३

सुर्खेतमा दुई अटो एकआपसमा ठोक्किँदा तीन जना घाइते, एक चालक फरार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बटला चोकस्थित भित्री सडकमा बुधबार राति दुई अटो एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब ११:०० बजे पिपिराबाट नेवारेतर्फ जाँदै गरेको क.प्र.०२–००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.०२–००१ ह १२२४ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ०६७८ नम्बरको अटोमा सवार वीरेन्द्रनगर–१३ निवासी २० वर्षीय गगन ठाडा टाउकोमा मध्यम चोट लागेर प्रदेश अस्पताल, कालागाउँमा उपचाररत छन्।

यस्तै, १२२४ नम्बरको अटोमा सवार जाजरकोट जुनीचाँदे गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने २७ वर्षीय अनिल घर्ती मगरको अनुहार र दुवै हातमा सामान्य चोट लागेको छ भने सोही अटोमा सवार २२ वर्षीय महेन्द्र बस्नेतको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवैले उपचार नगरी आफ्नै इच्छाले घर फर्किएका छन्।

दुर्घटनापछि प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक गोविन्द खत्रीको नेतृत्वमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

०६७८ नम्बरको अटोका चालक वीरेन्द्रनगर–१३ निवासी २५ वर्षीय धनवीर गाहा मगर तथा दुवै अटो प्रहरीले नियन्त्रणमा लिएको छ। भने १२२४ नम्बरको अटोका चालक दुर्घटनापछि फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार