जुम्ला कांग्रेस: प्रदेश ‘ख’को सचिवमा राजेन्द्र रोकायाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जुम्ला जिल्ला प्रदेशसभा क्षेत्रीय ‘ख’को सचिव पदमा राजेन्द्र रोकायाले उम्मेदवारी घोषणा गरेका छन्। रोकायाले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, पार्टीभित्र एकता तथा सहकार्य, युवा नेतृत्वको विकास र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्। ‘समृद्ध जुम्ला, सशक्त संगठन, हाम्रो प्रतिबद्धता, तपाईंको साथ र विश्वास, परिवर्तनको चाहना’ भन्ने सन्देशसहित उनले उम्मेदवारी पघोषणा […]
हिमपातपछि सम्पर्कविहीन भनिएका भेडीगोठाला सकुशल, ५०० बढी भेडाको अवस्था अज्ञात

जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गैरीगुम पानसय पाटन क्षेत्रमा बाक्लो हिमपातपछि सम्पर्कविहीन भनिएका भेडीगोठाका मानिसहरू सकुशल रहेको जानकारी आएको छ। भेडीगोठाका आफन्त भैरबहादुर धरालाका अनुसार शुक्रबार दिउँसो ४ः२५ बजे भेडीगोठा बृष धरालाले मोबाइलमार्फत सम्पर्क गरी आफूहरूसहित सबै गोठाला धतौडामा सुरक्षित रहेको जानकारी दिएका हुन्। तर लगातार हिमपात भइरहेकाले गोठमा रहेका ५०० भन्दा बढी भेडाको अवस्था भने […]
जुम्लाको पाँच सय पाटनमा भेडा चराउन गएका ८ गोठाला सम्पर्कविहीन

तातोपानी गाउँपालिका–४ स्थित पाँच सय पाटनको गैरीगुम र भत्ते क्षेत्रमा भेडा चराउन गएका आठ जना गोठाला सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनीहरू असोज ८ गते दिउँसो करिब ४ बजेदेखि वर्षासँगै हिमपात भएपछि सम्पर्कविहीन भएका हुन्। उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट खोज तथा […]
जय नेपाल पार्टी जुम्लाको सभापतिमा अंगत प्रसाद देवकोटा

जय नेपाल पार्टी जुम्लाको जिल्ला सभापतिमा अंगत प्रसाद देवकोटा चयन भएका छन्। पार्टी जिल्ला कार्यसमितिको गठनसम्बन्धी निर्णयअनुसार देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो। जय नेपाल पार्टी जुम्ला जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिअनुसार असोज ९ गते जुम्लामा भएको भेलाले जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको हो। कालीबहादुर महतको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय […]
जुम्लामा विश्व फार्मासिस्ट दिवस मनाइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयको आयोजना तथा कर्णाली प्राविधिक शिक्षालयको सहकार्यमा विश्व फार्मासिस्ट दिवस २०२६ विविध कार्यक्रमसहित जुम्लामा सम्पन्न भएको छ। फार्मेसी महाविद्यालयका विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा दुवै संस्थामा फार्मेसी अध्ययनरत विद्यार्थी, प्राध्यापक, अस्पतालमा कार्यरत फार्मासिस्ट तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा फार्मेसी महाविद्यालयका उपप्राध्यापक रमेशराज पाध्याय प्रमुख अतिथि तथा कर्णाली प्राविधिक शिक्षालयका निबन्ध चौलागाईं […]
तिला गाउँपालिका–३ का वडाध्यक्ष धन बहादुर शाहीले नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

तिला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धन बहादुर शाहीले नेपाली कांग्रेसको निर्वाचन क्षेत्र (ख) को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सफल बनाउन शुभकामना व्यक्त गर्दै क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टीका क्षेत्रीय प्रतिनिधिहरूलाई सहयोग र समर्थन गर्न […]
उल्टो बाटोमा बालेन सरकारः खर्च बढाउँदै, कर घटाउँदै, सार्वजनिक जग्गा र सम्पत्ति खोजीमा बेवास्ता !

निजी विद्यालय, अस्पताल, विद्युत र सेयरमा लगाइएको कर सरकारले फिर्ता लिइसकेको छ । व्यवसायीको दबाबमा सरकार कर लिनबाट पछि हट्यो । अब चिन्ताको विषय भने के हो भने कर धमाधम फिर्ता लिइँदा बढाइएको खर्चको पूर्ति कहाँबाट गर्ने ? चालु आर्थिक वर्ष २०८३–८४ को बजेटमा निजी विद्यालय र अस्पतालको सेवामा तीन प्रतिशत समता कर लगाइयो, विद्युत […]
संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बाल्न शाले गरेको सम्बोधनको पूर्ण पाठ

माननीय अध्यक्षज्यू, महासचिवज्यू,महामहिमहरू,विशिष्ट प्रतिनिधिहरू,आदरणीय महिला तथा सज्जनवृन्द, म आज यहाँ हिमालयको काखमा रहेको दूरदेश नेपालबाट आएको छु, तर मानवताका लागि अत्यन्तै निकट र गम्भीर चेतावनी बोकेर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रका आशाका बारेमा मात्र कुरा गर्न सकूँ भन्ने मेरो चाहना थियो। तर त्यसको सट्टा आज मैले असाधारण तहको […]
महासभामा प्रधानमन्त्री शाहको प्रश्न- हतियार पुग्ने विश्वमा किसानले मल र इन्धन किन पाउँदैनन् ?

बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक […]
महासभाबाट प्रधानमन्त्री शाहले भने, रास्वपाको दुई–तिहाइ बहुमतले नयाँ राजनीतिक दिशा तय गरेको सन्देश

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई–तिहाइ बहुमत हासिल गरेको पछिल्लो निर्वाचनले नेपालमा राजनीतिक स्थायित्व र नयाँ राजनीतिक दिशा तय गरेको सन्देश विश्व समुदायसमक्ष प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरे। निर्वाचनबाट प्राप्त जनादेशले […]
