नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जुम्ला जिल्ला प्रदेशसभा क्षेत्रीय ‘ख’को सचिव पदमा राजेन्द्र रोकायाले उम्मेदवारी घोषणा गरेका छन्।
रोकायाले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, पार्टीभित्र एकता तथा सहकार्य, युवा नेतृत्वको विकास र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
‘समृद्ध जुम्ला, सशक्त संगठन, हाम्रो प्रतिबद्धता, तपाईंको साथ र विश्वास, परिवर्तनको चाहना’ भन्ने सन्देशसहित उनले उम्मेदवारी पघोषणा गरेका हुन्।
उनको प्रतिबद्धतामा संगठन सुदृढीकरण, एकता, सहकार्य र समृद्धि, युवा नेतृत्व तथा सशक्त भविष्य र जनतासँगको साथमा कांग्रेसको विकासलाई मुख्य विषय बनाइएको छ।
उम्मेदवारी घोषणासँगै रोकायाले कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन्।
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८३ भदौ ३१ गतेका लागि तोकिएको थियो।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते र जिल्ला अधिवेशन असोज ७ गतेका लागि निर्धारण गरिएको छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।
जुम्लामा पनि कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहेको छ। हालै सम्पन्न वडा अधिवेशनमा जुम्लासहित विभिन्न जिल्लामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।














