शनिबार, १० आश्विन, २०८३

तिला गाउँपालिका–३ का वडाध्यक्ष धन बहादुर शाहीले नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

तिला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धन बहादुर शाहीले नेपाली कांग्रेसको निर्वाचन क्षेत्र (ख) को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सफल बनाउन शुभकामना व्यक्त गर्दै क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनले पार्टीका क्षेत्रीय प्रतिनिधिहरूलाई सहयोग र समर्थन गर्न हार्दिक अनुरोध समेत गरेका छन्।

शाहीले आफ्नो सन्देशमा पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“मिल्यो भने सबैजना कांग्रेसको लहर चलाउँछौं” भन्ने सन्देशसहित उनले पार्टीलाई थप बलियो बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गरेका छन्।

हाल तिला गाउँपालिका–३ का वडाध्यक्षको जिम्मेवारीमा रहेका शाही स्थानीय तहमा सक्रिय राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित छन्।

उनले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएसँगै जुम्लामा नेपाली कांग्रेसको आन्तरिक राजनीतिले थप चासो पाएको छ।
नेपाली कांग्रेसको १५औँ

महाधिवेशनअन्तर्गत विभिन्न तहका नेतृत्व चयनका लागि तयारी भइरहेको अवस्थामा शाहीको उम्मेदवारी घोषणालाई क्षेत्रीय नेतृत्वको प्रतिस्पर्धामा एउटा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार