बुधबार, १२ कार्तिक, २०८३

स्थानीय सरकार : स्वास्थ्य सुधारको केन्द्र बन्ने आधार

स्वास्थ्य संस्थाको सफलता भवनको आकारले होइन, त्यहाँबाट नागरिकले पाउने सेवाले निर्धारण गर्छ। स्वास्थ्य संस्था छ तर स्वास्थ्यकर्मी छैनन्, स्वास्थ्यकर्मी छन् तर औषधि छैन, औषधि छ तर उपकरण छैन भने त्यस्तो संरचनाले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सक्दैन। स्वास्थ्य सेवा राज्यको दया होइन, नागरिकको अधिकार हो। संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्वीकार गरिसकेको अवस्थामा नागरिकले स्वास्थ्य […]

सार्वजनिक बिदाको दिन पासबिना सरकारी मोटरसाइकल प्रयोग, प्रहरीद्वारा नियन्त्रणमा

सार्वजनिक बिदाको दिन पासबिना सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ भदौ २७ गते सार्वजनिक बिदाको दिन ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले चेकजाँच तथा सवारीसाधन अनुगमन गर्ने क्रममा सरकारी नम्बर (सेतो) प्लेट भएको मोटरसाइकल पासबिना प्रयोग भइरहेको अवस्थामा फेला पारेको […]

मेड इन चेकोस्लोभाकिया लेखिएको पेस्तोलसहित दैलेखका दुई जना पक्राउ

दैलेखमा स्वचालित पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र सोही नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ गरी सोधपुछ गर्ने क्रममा हतियार लुकाएर राखेको खुलेपछि प्रहरीले खोजतलास गरेको हो। सोधपुछका क्रममा […]

शिक्षक दरबन्दी नहुँदा पातारासीको शिक्षा संकटमा

कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १४ को उपदफा (१) मा स्थानीय तहले ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाउने व्यवस्था रहेको भन्दै गाउँपालिका अनुदानका शिक्षकसहित करार कर्मचारीलाई सेवाबाट हटाइयो। शिक्षा मानव मनलाई उज्यालो बनाउने र चेतना जगाउने निरन्तर प्रक्रिया हो। यसले मानिसलाई सही र गलत छुट्याउन, […]

रसुवा बाढीबाट पाठ सिक्ने कि अझै ठूलो क्षति भोग्ने, सरकार ?

रसुवामा जसरी पानी नै नपरी बाढी आएमा खोला नदी किनारका हजारौं बस्तीसँगै मानिस पनि बग्नेछन् । तब हुने क्षतिको कल्पनासमेत गर्न सकिँदैन । त्यसैले, अब सरकार जनता जोगाउन लाग्नुपर्छ । पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या झुट […]

बाउआमाको सम्झना : सामाजिक सञ्जालको भावुकता कि जीवनको व्यवहार?

सामाजिक सञ्जालमा बाउआमाको तस्बिर नराख्ने मानिसले उनीहरूलाई माया गर्दैन भन्ने होइन। त्यसैगरी, निकै भावुक पोस्ट गर्ने मानिसले व्यवहारमा पनि उत्तिकै माया गर्छ भन्ने ग्यारेन्टी हुँदैन। हिजो नेपालमा हिन्दु परम्पराअनुसार कुशे औँशी मनाइयो। धार्मिक तथा सांस्कृतिक रूपमा यसको आफ्नै महत्व छ। यस दिन कुश घरमा भित्र्याउने, दिवंगत बुवाआमाको श्राद्ध गर्ने, आफन्त तथा इष्टमित्रलाई निम्त्याउने र शाकाहारी […]

दशैं नजिकिँदै, बजार अनुगमन शून्य !

अहिलेको सरकारलाई पूर्वयोजना भनेको थाहा नभएको हो कि भएर पनि बुझ्‌पचाएको ? हरेक वर्ष दशैंमा सवारी दुर्घटना भएर सयौंले ज्यान गुमाउँछन् । खुसी मनाउन हिँडेकाको परिवारमा एकाएक दुःख छाउँछ । दशैंमा दुर्घटना बढ्नुको कारण हो, थोत्रा सवारी चलाउनु । दशै नजिकै छ । असोज २५ गते घटस्थापना छ । दशैका निम्ति व्यापारीहरुले चीनबाट सामान ओसारपसार […]

पोछाको डाँठमा भेटिएको शिक्षा

त्यो दिन भुपिनले विद्यालयको शौचालय सफा गरेका थिए। तर मेरो नजरमा उनले त्योभन्दा ठूलो केही सफा गरेका थिए, हाम्रो शिक्षाबारेको एउटा भ्रम। शिक्षा किताबमा मात्र हुँदैन कहिलेकाहीँ त्यो पोछाको डाँठमा हुन्छ। कहिलेकाहीँ उठाइएको फोहोरको टुक्रामा। त्यो बिहान म कक्षाकोठातिर जाँदै थिएँ। विद्यालयको आँगनमा विद्यार्थीहरू आ–आफ्नै धुनमा थिए। कोही कक्षातिर जाँदै थिए, कोही साथीहरूसँग कुरा गरिरहेका […]

ताजा समाचार