सोमबार, २९ भाद्र, २०८३

धार्मिक आस्थाविरुद्ध सामग्री प्रसारण गरेको आरोपमा समिर थापा प्रहरी नियन्त्रणमा

सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा प्रतिकूल असर पर्ने तथा सामाजिक सद्भाव बिथोलिन सक्ने प्रकृतिको भिडियो र तस्बिर प्रसारण गरेको आरोपमा सुर्खेतका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थाविरुद्ध नकारात्मक प्रभाव पार्ने तथा अनावश्यक विवाद उत्पन्न हुन सक्ने सामग्री सार्वजनिक […]

दुङ्गाले च्यापिँदा जुम्लाका एक युवकको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार अपराह्न करिब २:३० बजे स्थानीय २७ वर्षीय राजिव शाही आफ्नै घरका लागि ढुङ्गा फोड्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिँदा गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरी चौकी नराकोटबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्‍याएको […]

कनकासुन्दरीमा वडामै सामाजिक सुरक्षा भत्ता, लाभग्राहीलाई स्वास्थ्य परीक्षणको सुविधा

कनकासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप सहज र नागरिकमैत्री बनाउँदै वडास्तरबाटै भत्ता वितरण सुरु गरेको छ। यसअघि भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालाई वडामै भत्ता उपलब्ध गराउन थालिएपछि लाभग्राहीलाई राहत मिलेको छ। गाउँपालिकाको वडा नं. ४ मा हालै सम्पन्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा […]

अन्तर्वार्ता : ‘महिला आर्थिक रुपमा सक्षम भए समान सहभागिता सवाल पेचिलो बन्छ,’ कमलराज खत्री

नारीवादलाई प्रायः महिलाको अधिकार र मुद्दासँग मात्र जोडेर हेर्ने गरिन्छ। तर नारीवाद महिला र पुरुषबीच समान अधिकार, समान अवसर र समान सहभागिताको पक्षमा उभिने सामाजिक, राजनीतिक तथा बौद्धिक विचारधारा हो। यसले महिलामाथि हुने विभेद, हिंसा, शोषण र असमानताको अन्त्य गर्दै शिक्षा, रोजगारी, सम्पत्ति, राजनीति तथा निर्णय प्रक्रियामा समान पहुँचको वकालत गर्छ। नारीवाद पुरुषविरोधी विचार नभई […]

मुगुको सोरुकोटदेखि कर्णालीको नेतृत्वसम्म : मंगलबहादुर शाहीको चार दशक लामो राजनीतिक यात्रा सहित

मुगुको एउटा दुर्गम गाउँबाट सुरु भएको राजनीतिक यात्रा अहिले कर्णाली प्रदेशको सत्ताको केन्द्रमा पुगेको छ। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका मंगलबहादुर शाहीले शिक्षकको भूमिका निर्वाह गरे, भूमिगत आन्दोलनको कठिन बाटो हिँडे, हिरासत भोगे र पार्टीभित्रका राजनीतिक उतारचढाव पार गर्दै संसदीय राजनीतिमा आफूलाई स्थापित गरे। मुगुको सोरुकोटमा जन्मिएको एउटा बालकले चार दशकपछि कर्णाली प्रदेशको सरकारको […]

सुर्खेतमा ५.६९० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार दिउँसो करिब २ः२५ बजे वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे निवासी ४१ वर्षीय हिमाल थापालाई पक्राउ गरिएको हो। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) निरजबहादुर पालको कमाण्डमा खटिएको टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक भिजनकुमार […]

गयो गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफ्नो पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको पद पुनर्वहाली सम्बन्धी रिट खारेज भएको छ। दर्ता नम्बर ०८२–डब्लुओ–१५४७ रहेको उक्त मुद्दामा सर्वोच्च अदालतले रिट खारेज गर्ने फैसला सुनाएको हो। रिट खारेज भएसँगै बुढाको अध्यक्ष पदमा पुनर्वहाली हुने सम्भावना टुंगिएको छ। नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित बुढाले पार्टी परित्याग […]

सुर्खेतमा सिमेन्ट बोकेको डबल क्याप जिप ५० मिटर तल खस्यो, चालक फरार

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ बालिखोला स्थित छिन्चु–जाजरकोट सडक खण्डमा सिमेन्ट बोकेको डबल क्याप जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराका अनुसार बुधबार राति करिब १ बजे छिन्चुबाट जाजरकोटको छेडागाड नगरपालिका–८ तर्फ सिमेन्ट लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०५० नम्बरको डबल क्याप जिप आफैं अनियन्त्रित भई […]

राजश्व उठाउने र खर्च घटाउनेमा तीनै तहको सरकार असफल !

माओवादीले पनि देश बनाउने नै आश्वासन दिएर देशबाट राजतन्त्र फाल्यो । १७ हजारको ज्यान गयो, सरकारी सम्पत्ति खरानी पार्‍यो । अहिले बालेन्द्र र रवि लामिछानेले त्यहीँ गरे । देश बनाउँछौं भन्दै जेनजी उचालेर सरकारी सम्पत्ति खरानी पारियो । बन्यो त देश ? सबैले भनेको त देश बनाउने नै हो । देशभर ७५३ वटा स्थानीय पालिका […]

नारायणी अस्पताल घटनाको विरोधमा चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले साउन १३ गते बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले घटनामा संलग्न दोषीहरूमाथि कारबाही नभएको र उल्टै पीडितहरूमाथि दमन गरिएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आन्दोलनका कारण […]

ताजा समाचार