बुधबार, १३ श्रावण, २०८३

धार्मिक आस्थाविरुद्ध सामग्री प्रसारण गरेको आरोपमा समिर थापा प्रहरी नियन्त्रणमा

सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा प्रतिकूल असर पर्ने तथा सामाजिक सद्भाव बिथोलिन सक्ने प्रकृतिको भिडियो र तस्बिर प्रसारण गरेको आरोपमा सुर्खेतका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थाविरुद्ध नकारात्मक प्रभाव पार्ने तथा अनावश्यक विवाद उत्पन्न हुन सक्ने सामग्री सार्वजनिक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

प्रहरीका अनुसार उक्त सामग्री सार्वजनिक गर्ने व्यक्ति वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा हुन्। उनी सामाजिक सञ्जालमा आफूलाई ‘पाथीभरा माता पनि चिनाउने’ भनेर परिचित गराउने गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले साउन १३ गते राति करिब ८:३० बजे थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले धार्मिक तथा सामाजिक संवेदनशीलतामा असर पुग्ने, सामाजिक सद्भाव खलबलिने वा समुदायबीच द्वेष फैलाउने किसिमका सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोबिन्द्र सिंह बोहोराले जानकारी दिए

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार